अजीत पवारले महाराष्ट्रको वर्तमान राजनीतिक स्थितिको लागि नाना पटोलेलाई जिम्मेवार ठहराए

photocollage_202351217343310.jpg

मुम्बईः विधानसभामा नेता प्रतिपक्ष अजीत पवारले भने, महाराष्ट्रको वर्तमान राजनीतिक स्थितिको लागि कंग्रेस प्रदेश अध्यक्ष नाना पटोले जिम्मेवार छन्। नाना पटोलेले विधानसभा अध्यक्षको पदबाट राजीनामा दिएको समय महाविकास आघाड़ीका सहयोगी दलहरूलाई विश्वासमा लिएका थिएनन्। राजीनामा दिएपछि मात्र पटोलेले यसको जानकारी तत्कालीन मुख्यमन्त्री उद्धव ठाकरे सहित अन्य नेताहरूलाई दिएका थिए। अजीत पवारले शुक्रवार पुणेमा पत्रकारहरू समक्ष भने, सुप्रीम कोर्टको फसेलाबाट सबैले पाठ सिक्नुपर्छ। फसेलामा भनिएको छ, उद्धव ठाकरेले राजीनामा दिसकेका थिए, यसैले पूर्वको स्थितिलाई यथावत राख्न सकिँदैन।

अजीत पवारले भने, उद्धव ठाकरेको राजीनामालाई लिएर धेरैपटक चर्चा भइसकेको छ। नाना पटोलेले विधानसभाको अध्यक्ष पदबाट राजीनामा दिनुहुन्थेन। उनले राजीनामा दिएपछि अध्यक्ष पद लामो समयसम्म रिक्त रहेको थियो। यदि पटोले अध्यक्ष पदमा भएको भए उनले तत्काल १६ विधायकहरूलाई निलम्बित गरिदिन्थे जसले गर्दा मामिला यहाँसम्म पुग्दैनथ्यो। पवारले भने, वर्तमान समयमा दलबदल कानून बेअर्थ साबित भइरहेको छ। यसैले देशका अन्य भागहरूमा पनि यस किसिमको घटना भइरहेको छ। अर्कोतिर महाराष्ट्र नवनिर्माण पार्टी (मनसे) अध्यक्ष राज ठाकरेले ठाणे जिल्लामा शुक्रवार पत्रकारहरू समक्ष भने, सुप्रीम कोर्टको फसेला भ्रम फैलाउने किसिमको छ। कोर्टले सम्पूर्ण प्रक्रियालाई गलत बताएको छ साथै यो पनि भनेको छ, उद्भव ठाकरेले राजीनामा दिनुहुन्थेन। राज ठाकरेले भने, सुप्रीम कोर्टले शिवसेना अध्यक्षलाई मान्यता दिएको छ भने अर्कोतिर चुनाउ आयोगले भिन्नै निर्णय लिसकेको छ। चुनाउ आयोग पनि स्वतन्त्र संस्थान हो भने सुप्रीम कोर्ट पनि त्यस्तै हो। राज ठाकरेले उद्धव ठाकरेको बारेमा कुनै पनि बयान दिन अस्वीकार गरे। उनले भने, यदि उद्भव ठाकरे होशियार बसेको भए यो स्थिति उत्पन्न हुने नै थिएन।

About Author

Advertisement