महाराष्ट्र: परभणी जिल्लामा सेप्टिक ट्याङ्कीको सफाई अवधि पाँच श्रमिकहरूको मृत्यु

00-1-Rashtriya-Samachar-3

मुम्बईः महाराष्ट्रको परभणी जिल्लान्तर्गत सोनपेठ तहसीलको टांडा गाउँमा सेप्टिक ट्याङ्कीको सफाई अवधि पाँच श्रमिकहरूको मृत्यु भयो। सबै श्रमिकहरूको शव उद्धार गरी सिभिल अस्पतालमा पोस्टमर्टमको लागि पठाइएको छ। पुलिस अनुसार गए बिहीवार राती मारूति राठोड़को खेत नजिक पाँचजना श्रमिकहरूले सेप्टिक ट्याङ्कीको सफाई गरिरहेका थिए। अबेर राती भएको कारणले यी श्रमिकहरू धेरै बेरसम्म पनि बाहिर आएनन्। यसबारे जानकारी पाएपछि स्थानीय मानिसहरूले पुलिसलाई सूचना दिए।

पुलिसले स्थानीयहरूको सहयोगमा पाँचैजना श्रमिकको शव सेप्टिक ट्याङ्कीबाट बाहिर निकाल्यो। मृतकहरूको पहिचान शेख सादेक (४५), शेख शाहरूख (२०), शेख जुनैद (२९), शेख नवीद (२५) र शेख फिरोज (२५)- को रूपमा भएको छ। घटनाको प्रारम्भिक जाँचमा यो सेप्टिक ट्याङ्कीमा हुने विषालु ग्यासको मामिला हुनसक्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement