लखनऊः मुख्यमन्त्री योगी आदित्यनाथले शुक्रवार लोकभवनमा क्याबिनेटको बैठक गरे। बैठकपछि मुख्यमन्त्रीले क्याबिनेटका सहयोगीहरूसित अडिटोरियममा ‘द केरल स्टोरी’ फिल्म हेरे। फिल्मको स्पेशल स्क्रीनिङको लागि अडिटोरियममा व्यवस्था गरिएको थियो।
अडिटोरियममा मुख्यमन्त्री योगी, उपमुख्यमन्त्री केशव प्रसाद मौर्य औ मन्त्रीमण्डलका अन्य सहयोगीहरू सहित भाजपा प्रदेश अध्यक्ष भूपेन्द्र चौधरी पनि उपस्थित थिए। फिल्मको स्पेशल स्क्रीनिङको लागि १८ कलेजका ३०० विद्यार्थीहरूलाई बोलाइएको थियो। यसको निम्ति विद्यार्थीहरूले मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे।










