सीए कोठारीको ठेगानामा सीबीआई अनि अन्य तीन ठूला व्यापारीकहाँ ईडीको छापा

IMG-20230410-WA0169.jpg

रायपुरः सीबीआईको टीमले शुक्रवार बिहान हवाला मामिलामा सीए कोठारीको भिलाईस्थित पद्मनाभपुरका ठेगानाहरूमा छापामारीको कारबाही गऱ्यो भने ईडीको टीमले चर्चित व्यापारी गुरुचरण सिंहका ठेगानाहरूमा छापामारी गऱ्यो। ठूलो संख्यामा रहेको ईडीको टीमले बिहान तीन ठूला व्यापारीहरूको ठेगानामा छापामारीको कारबाही गऱ्यो जसमा होटल व्यवसायी गुरूचरण होरा, मनदीप चावला शेमरक औ एकजना पुरानो बीड़ी व्यापारीको परिवार सामेल छन्। यसको साथै पद्मनाभपुर दुर्गमा एकजना व्यापारी र एकजना सीएको ठेगानामा पनि कारबाही भएको समाचार छ।

होराको होटल ग्र्याण्ड इम्पीरियामा सप्ताह दिनअघि मात्र रक्सी घोटालाका किंग पिन कहलाइने अनवर ढेबरलाई ईडीले पक्राउ गरेको थियो। यस सम्बन्धमा ईडीले होरा पुत्रसित जाँचबुझ गरेको थियो भने आज उनीहरूको ठेगानामा पुगी छापामारी गरेको छ। होटल व्यवसायीद्वय होरा र मनदीपको ठेगानामा यसपूर्व आयकर विभागको छापामारी भइसकेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement