नगद राशि सहित लाखौँ रुपियाँको सुनको गरगहना खोरीबारीको एउटा घरबाट चोरी

IMG-20230408-WA0112.jpg

खोरीबारी: नगद २० हजार रुपियाँ सहित लाखौँ रुपियाँको सुनको बहुमूल्य गर- गहना चोरी गरेको घटना प्रकाशमा आएको छ। यो घटना खोरीबारी ब्लकको पानीट्याङ्की इलाकामा घटेको हो। गत राति असित सिंह परिवारका सदस्यहरूको साथमा खोरीबारी ब्लकको पानीट्याङ्की दुधगेटमा बिहेमा गएका थिए। बिहेबाट घर फर्किआउँदा घरको दैलो भत्केको अवस्थामा रहेको देखेपछि घरभित्र पसेर हेर्दा आलमारी खुल्लै रहेको साथै घरको सर-समानहरू छरपस्ट रहेको थियो। यसपछि नगद २० हजार रुपियाँ सहित लाखौँ रुपियाँको सुनको गरगहना चोरी भएको थाहा पाए। घटनाबारे खोरीबारीको पानीट्याङ्की आउटपोस्ट पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement