मणि डोङडुप छेन्मो पूजाको तयारीलाई लिएर बैठक

puja_343

गेजिङः राज्य ग्रामीण विकास, सहकारिता एवं धर्म विभाग मन्त्री सोनाम लामाले बिहिवार पेलिङस्थित चेरेजी सिङ्गखाम रिवा पोटालामा मणि डोङडुप छेन्मो पूजाको तयारीलाई लिएर आयोजित बैठकको अध्यक्षता गरे। उक्त पूजा आगामी २३ देखि ३० मईसम्म हुनेछ।

बैठकमा पूजाको निम्ति चलिरहेको तयारी अनि विभिन्न व्यवस्थाहरूको सम्बन्धमा चर्चा गरियो। उनले जिल्लाका सम्पूर्ण लाइन विभागहरूबाट सहयोगको निम्ति आह्वान गर्दै आफ्नो तर्फबाट पनि आवश्यक सहायता प्रदान गर्ने बताए। बैठकपछि मन्त्री तथा विभागीय अधिकारीहरूले पूजा स्थलको पनि भ्रमण गरे। सॉंझ, मन्त्री लामा दश दिवसीय बास्केटबल कोचिङ क्याम्पको समापनमा सहभागी बनेका थिए। शिविरको आयोजना गेजिङ जिल्ला प्रशासनले पेलिङ उच्चतर माध्यमिक विद्यालयमा गरेको थियो। मन्त्रीले शिविरको आयोजना गरेकोमा प्रशासनको सराहना गरे।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement