मुख्यमन्त्री तामाङले ‘अन्तरराष्ट्रिय नर्स दिवस’ को बधाई एवं शुभकामना

golay_244

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले अन्तरराष्ट्रिय नर्स दिवसको अवसरमा विश्वभरिका नर्सहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले शुक्रवार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अन्तरराष्ट्रिय नर्स दिवसको बधाई दिएका छन्।

उनले आफ्नो सन्देशमा भनेका छन्, ‘नर्सहरूले नियमित रूपमा रोगीहरूको व्यक्तिगत हेरचाह गर्छन् र उनीहरूका आवश्यकताहरूको बारेमा विशिष्ट जानकारी प्राप्त गर्छन्। उनीहरू डाक्टरहरू र रोगीहरूबीच एक कड़ीको रूपमा काम गर्छन्, औषधि, उपचार अनि हेरचाह योजनालाई पूरा गर्दै प्रत्येक रोगीमाथि कड़ा निगरानी राख्छन्।’

फ्लोरेन्स नाइटिङ्गेलको जयन्तीमा पालन गरिने अन्तरराष्ट्रिय नर्स दिवसको अवसरमा विश्वभरिका नर्सहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले यो वर्ष यस दिवसको थीम ‘हाम्रा नर्सहरू, हाम्रो भविष्य’ रहेको जानकारी गराएका छन्।मुख्यमन्त्री तामाङले अतुलनीय सेवा र योगदानका लागि सिक्किमलगायत विश्वभरिकै नर्सहरूमा उच्च सम्मान व्यक्त गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement