सिलगढी: सिलगढी पोलिटेक्निक कलेजमा बिहीबार तृणमूल छात्र परिषद र अखिल भारतीय विद्यार्थी परिषदबिच झडप भएपछि अखिल भारतीय विद्यार्थी परिषदले हडतालको आह्वान गरेको छ। जसका कारण शुक्रबार बिहानैदेखि कलेजको गेट बन्द भएको थियो। त्यसपछि अन्य विद्यार्थी त्यहाँ आएर कलेजको गेट खोलेर भित्तामा लगाएका पोस्टर च्याते। अप्रिय घटना हुन नदिन पुलिस परिचालन गरिएको छ। ज्ञापनपत्र बुझाउने विषयमा हिजो पनि दुई विद्यार्थी सङ्गठनबिच झडप भएको थियो। घटनामा दुई विद्यार्थी घाइते भएका छन्। घटनाको विरोधमा एबीभीपीले शुक्रबार बिहानदेखि बन्दको आह्वान गरेको छ।










