देहरादूनः भारतीय प्रशासनिक सेवा (आईएएस) उत्तराखण्ड शासनका सचिव (स्वास्थ्य) आर. राजेश कुमारसहित चार अधिकारी मिड करियर ट्रेनिङ (एमसीटीपी) को निम्ति लाल बहादुर शास्त्री अकादमी (एलबीएस) मसूरीमा प्रशिक्षण लिइरहेका छन्। यो प्रशिक्षण कार्यक्रम ०२ जूनसम्म चल्नेछ।
सचिव कार्मिक शैलेश बगोली अनुसार, सचिव चन्द्रेश यादव, सुरेन्द्र नारायण पान्डेय, आर. राजेश कुमार र विनोद कुमार सुमनलाई मिड करियर ट्रेनिङ प्रोग्राम (एमसीटीपी) मा सहभागी बन्ने रिलीव गरिएको छ। आठ मईदेखि शुरू भएको उक्त कार्यक्रम दुई जूनसम्म प्रस्तावित छ। यसै सेवाकालीन प्रशिक्षणको आधारमा जूनियर एडमिनिस्ट्रेटिभ ग्रेड, सुपर टाइम स्केल र इन्क्रीमेन्ट निर्धारित हुन्छ। प्रशिक्षण नलिए अधिकारीहरूले आफ्नो करियर अवधि प्राप्त हुने फाइदाहरूको लाभ लिन पाउॅंदैनन्।
-हिस









