जम्मूः जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग शुक्रवार यातायातको निम्ति खुल्ला छ। अर्कोतिर, श्रीनगर-लेह राजमार्ग तथा मुगल रोड हिउॅंका कारण यातायातको निम्ति बन्द छ। जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा शुक्रवार बिहान ६ बजीदेखि हल्का वाहनहरूलाई जम्मूदेखि श्रीनगर तथा श्रीनगरदेखि जम्मू आवागमनको अनुमति दिइएको छ। हल्का वाहनहरू गइसकेपछि ठूला वाहनहरूलाई जम्मूदेखि श्रीनगर प्रस्थान गराइने छ। यसपछि मात्र सुरक्षा बलहरूका वाहनहरूलाई जाने अनुमति दिइने छ।
अधिकारीहरू अनुसार, निर्धारित समयपछि जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग यातायातको निम्ति बन्द गरिने छ। यस अतिरिक्त, श्रीनगर-लेह राजमार्ग र मुगल रोड हिउॅंका कारण यातायात बन्द छ। दुवै मार्गहरूबाट हिउॅं हटाउने काम चलिरहेको छ र चॉंड़ै यातायातको निम्ति खुल्ला गरिने छ।
-हिस