नयॉं दिल्लीः सोशियल मिडिया प्लेटफर्म ट्विटरले नयॉं मुख्य कार्यपालक अधिकारी (सीईओ) पाएको छ। एलन मस्कले अबेर राति ट्विटरको सीईओ पद छोड्ने घोषणा गरे। तर, उनले नयॉं सीईओको नाम खुलासा गरेनन्। वाल स्ट्रीट जर्नलको एक रिपोर्ट अनुसार, एनबीसी यूनिवर्सल टप एडवरटाइजिङ सेल्स एग्जीक्यूटिभ लिण्डा याकारिनो ट्विटरकी नई सीईओ हुन सक्छिन्।
मस्कले कसैको नाम नलिइ नयॉं सीईओ नियुक्त गरिएको घोषणा गरे। नयॉं सीईओले छ हप्तामा आफ्नो काम शुरू गर्नेछन्। उनले ट्वीट गरेर ट्विटरको कार्यकारी अध्यक्ष एवं मुख्य प्रौद्योगिकी अधिकारीको रूपमा काम गर्ने बताएका छन्। मस्कले ट्विटरको अधिग्रहण गरेपछि लामो समयदेखि ट्विटरको निम्ति नयॉं सीईओ खोजिरहेका थिए। उल्लेखनीय छ, एलन मस्कले २७ अक्टोबर, २०२२ मा ४४ बिलियन डलरमा ट्विटर किनेका थिए। यसपछि उनले कम्पनीका चार टप अफिशियल्सलाई बाहिरको बाटो निकालिदिएको थियो। यसमा सीईओ पराग अग्रवाल, फाइनेन्स चीफ नेड सेगल, लीगल एग्जीक्यूटिभ विजया गड्डे र सीन एडगेट सामेल थिए।
-हिस