सिक्किम राज्यमा यार्सागुम्बाको उत्पादन र बिक्री शुरू

IMG-20230512-WA0002.jpg

गान्तोक: हिमाली राज्य सिक्किममा पनि यारसागुम्बाको उत्पादन र बिक्री शुरु भएको छ। हिमालय भेगमा पाइने ओषधी गुणयुक्त यारसागुम्बालाई प्रयोगशालामा उत्पादन गरी बजारमा बिक्रीको निम्ति ल्याइएको छ। दक्षिण सिक्किमकी स्मृता प्रधानद्वारा स्थापित संस्थान सोइलाइफ-ले उत्पादन गरेको यारसागुम्बालाई सिक्किम सरकारअधिनस्थ खाद्य प्रसोधन एकाई सिक्किम सुप्रिमले यसको प्याकिङ र बजार व्यवस्थापनको जिम्मा लिएको छ। आज राजधानीको एमजी मार्गमा सिक्किम सुप्रिमले यसको विधिवत लोकार्पण गऱ्यो। १० ग्राम यारसागुम्बाको मूल्य ७ सय रुपियाँ रहेको छ।

उल्लेखनीय छ, हिमालय भेगमा पाइने यारसागुम्बा किरा र एक प्रजातिको च्याउ तथा ढुड़ीको सङ्गम हो। यसमा धेरै औषधीय गुण रहेकोले यसको मूल्य अत्याधिक हुनेगर्छ। यसलाई हिमालय वायग्रा पनि भनिन्छ। अर्कोतिर नाम्चीको प्रयोगशालामा उत्पादित यारसागुम्बा केवल एक प्रजातिको च्याउ हो। तर, हिमालय भेगमा पाइने यारसागुम्बामा भएको सबै औषधीय गुण प्रयोगशालामा उत्पादित यारसागुम्बामा पाइने सिक्किम सुप्रिमका प्रोडक्शन एक्जिक्यूटिफ आदित्य ढकालको भनाइ रहेको छ। सोइलाइफ-का संस्थापक स्मृता प्रधानको भनाइअनुसार कतिपयले औषधीय गुण हुँदाहुँदै पनि किरासँगको यारसागुम्बा सेवन गर्न दिगमिग गर्ने भएकोले आफूहरूले यसलाई किरा बिनानै उत्पादन गरेको बताइन्। उनले जानकारी गराएअनुसप कोरियामा सबैभन्दा पहिलो यसरी प्रयोगशालामा योरसागुम्बा उत्पादन गरिएको हो भने हाल भारतमा पनि यसको उत्पादन शुरु भएको छ। सिक्किममा भने आफूहरूले पहिलोपल्ट यसरी यारसागुम्बाको उत्पादन गरेको जसको बयार व्यवस्थापनको जिम्मेवारी अनाधिकारिक रुपमा सिक्किम सुप्रिमले लिएको उनले बताइन्। उनले पनि प्रयोगशालामा उत्पादित यारसागुम्बामा पनि प्रकृतिमा पाइने यासरागुम्बामा जतिकै औषधीय गुण रहेको दावी गरेकी छन्।

सिक्किम सुप्रिमका प्रोडक्शन एक्जिक्यूटिफ आदित्य ढकालले बताएअनुसार आजदेखि सिक्किम सुप्रिमको आटलेट र चाँड़ै राज्यका बजारहरूमा यो प्याकेटबन्द यारसागुम्बा उपलब्ध हुनेछ।

About Author

Advertisement