आईपीएल २०२३:केकेआर विरुद्ध राजस्थान रोयल्सको एकतर्फी जीत

IMG-20230511-WA0316.jpg

११ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ५६औं म्याचमा राजस्थान रोयल्सले कलकत्ता नाइट राइडर्सलाई ९ विकेटले पराजित गऱ्यो। यस जीतको साथै रोयल्स १२ वटा म्याचमा १२ पोइण्ट्सको साथ आईपीएल टेबलको तेस्रो स्थानमा पुगेर प्लेअफ्-मा स्थान बनाउने सम्भावनालाई जीवित राख्यो। केकेआर चाहिँ १० पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। कलकत्ताको ईडन गार्डन्समा टस हारेर पहिला ब्याटिंग गर्दै केकेआरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो। भेंकटेश अय्यरले ४ वटा छक्का र २ वटा चौकाको साथ ४२ बलमा सर्वाधिक ५७ रन बनाए। यसबाहेक कप्तान नितिश राणाले २२ रनको योगदान दिए। रिंकू सिंह १६ रन बनाएर आउट भए। रोयल्सका बलरहरूमा युजवेन्द्र चहलले ४ ओभरमा केवल २५ रन खर्च गरी सर्वाधिक ४ विकेट लिए। यसबाहेक ट्रेण्ट बोल्टले २ विकेट लिए। जवाफमा रोयल्सले १३.१ ओभरमै केवल १ विकेट गुमाएर १५१ बटुल्दै आरामसँग म्याच जित्यो। ओपनर यशस्वी जयसवालले १२ वटा चौका र ५ वटा छक्काको साथ ४७ बलमा अविजित ९८ रन बनाए। यसबाहेक कप्तान सञ्जु सेमसनले ५ वटा छक्का र २ वटा चौकाको साथ २९ बलमा अविजित ४८ रन बनाए। जयसवालका साथी ओपनर जोस बटलर खाता नखोली रन आउट भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement