भारतविरूद्ध उठेको हरेक कदमको मुखभरिको जवाफ दिइनेछ: रक्षा मन्त्री

n498773972168382759147587b9b56fe061f58c56dd184b4d1b8d93cc8f2265f6d6577add64d9210265f491.jpg

देशको शक्तिशाली मानव संसाधनको व्यापक मात्रामा उपयोग गर्ने आह्वान

राष्ट्रीय प्रौद्योगिकी दिवसमा स्मारक डाक टिकट र सिक्का जारी

नयाँ दिल्ली। रक्षा मन्त्री राजनाथ सिंहले राष्ट्रीय प्रौद्योगिकी दिवसको अवसरमा बिहीवार 25 वर्षपूर्व भएको पोखरण परमाणु परीक्षणलाई स्मरण गर्दै भने, यो परीक्षणले विश्वलाई एउटा सन्देश दियो कि भारत ‘वसुधैव कुटुम्बकम’ औ ‘अहिंसा परमो धर्म’- मा विश्वास राख्दछ, यसैले कुनै पनि देशले सम्प्रभुता, अखण्डता र एकतालाई नोक्सान पुऱ्याउँदैन। उनले भारतलाई मजबुत, समृद्ध तथा आत्मनिर्भर बनाउनको लागि देशको शक्तिशाली मानव संसाधनहरूलाई अधिकांश मात्रामा प्रयोग गर्ने आह्वान गरे।

रक्षा मन्त्रीले आज नयाँ दिल्लीमा आयोजित राष्ट्रीय प्रौद्योगिकी दिवस-२०२३ लाई चिन्हित गर्ने कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए जसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरे। यस अवसरमा प्रधानमन्त्रीले ५,८०० करोड़ रुपियाभन्दा अधिकका वैज्ञानिक परियोजनाहरूको आधारशिला राखे तथा २५औं राष्ट्रीय प्रौद्योगिकी दिवसमा स्मारक डाक टिकट तथा सिक्का जारी गरे।

रक्षामन्त्रीले भने, भारत ती असाधारण वैज्ञानिकहरूको हृदयबाटै सराहना गर्दछ जसले वर्ष १९९८- को पोखरण परीक्षणमा योगदान दिएका थिए। आज हामी तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई उनको असाधारण राजनीतिक इच्छाशक्ति र ती परीक्षणहरूलाई सफल बनाउन प्रदान गरेको उनको नेतृत्वको लागि स्मरण गर्दछौं।

राजनाथ सिंहले भने, भारतले आफ्नो लागि मात्र शआन्तिको कामना गरेको छैन जबकि सारा दुनियाँलाई सन्देश दिएको छ। भगवान बुद्ध र राष्ट्रपिता महात्मा गान्धी जस्ता दूरदर्शी व्यक्तित्वद्व विश्वको निम्ति भारतको देन हो। हामीले कहिले पनि कुनै देशमाथि आक्रमण गरेनौं न त कुनै देशलाई दास नै बनायौं। पोखरण परीक्षणले सन्देश दियो, हामी हाम्रो गरिमाविरूद्ध उठेका हरेक कदमको मुखभरिको जवाफ दिनेछौं।

उनले राष्ट्रीय प्रौद्योगिकी दिवसलाई वैज्ञानिक दृष्टिकोण अप्नाउने प्रेरणा बताए। भारतसित शक्तिशआली मानव संसाधन छ जसले वैश्विक मञ्चमा एक सम्मानजनक स्थितिको लागि यसलाई निर्देशित गरेको छ। प्रधानमन्त्री मोदीको नेतृत्वमा हामी जय जवान, जय किसान, जय विज्ञान औ जय अनुसन्धानको संकल्प लिएर अघि बढ़िरहेका छौं। वैश्विक मञ्चमा हाम्रो कदम बढ़ेको छ र दुनियाँले भारतमा आशाको एउटा नयाँ किरण देखिरहेको छ। हामी निश्चय पनि एक मजबुत र आत्मनिर्भर ‘नयाँ भारत’ निर्माण गर्ने आफ्नो भिजनलाई साकार बनाउन सफल हुनेछौं, रक्षामन्त्रीले भने।-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement