कोलकाता: कलकत्ता हाईकोर्टको मुख्य न्यायाधीशको रूपमा जस्टिस टी. एस. शिवगणनमले बिहीवार शपथ ग्रहण गरे। कलकत्ता हाईकोर्टको एक नम्बर कोर्ट रूममा आयोजित शपथ ग्रहण समारोहमा राज्यपाल डा.सी.वी.आनन्द बोसले उनलाई शपथ पाठ गराए ।त्यसपछि राज्यपालले मुख्य न्यायाधीसको दुवै हात समातेर उनलाई अभिनन्दन गरे।कार्यक्रममा मुख्यमन्त्री ममता ब्यनर्जी सहित नेता प्रतिपक्ष शुभेन्दु अधिकारी पनि उपस्थित थिए। कोलकाताका मेयर ओ ममता क्याबिनेटमा मन्त्री फिरहाद हकीम, कानून मन्त्री मलय घटक, चन्द्रिमा भट्टचार्य, विधानसभामा अध्यक्ष विमान व्यनर्जी सहित केन्द्र सरकारका अतिरिक्त सलिसिटर जनरल एवं हाई कोर्ट बार एसोसिएशनका सदस्य पनि कार्यक्रममा विशेष रूपमाउपस्थित थिए। एक नम्बर कोर्ट रूम जुन मुख्य न्यायाधीशको न्यायालय हो, त्यहाँ सम्पन्न शपथ पाठ अवधि पनि नेताहरूमाझ राजनीतिक विरोध स्पष्ट देखियो। मुख्यमन्त्री ममता ब्यनर्जी बिहान लगभग १०.३० बजे कोर्ट रूममा आइपुगिन्। त्यसअअघि मेयर फिरहाद हकमी आइपुगेका थिए र उनकै छेउमा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको सीट थियो। त्यहाँ गएर सुभेन्दु बसे पनि केही समयसम्म उनले आफ्नो मोबाइल हेरिरहे। हाकीमले शुभेन्दुसित दुई पटक सामान्य कुराकानी गरे। त्यसपछि उठेर त्यसै लहरमा देब्रेतिर एकदमै कुनाको सीटमा गएर बसे मुख्यमन्त्रीको आगमन अवधि सबैजना उठे शुभेन्दु पनि उठे। तर दुवैमाझ कुनै बातचित भएन। ममता उनको छेवैबाट गएर आफ्नो सीटमा बसिन्। मुख्य न्यायाधीसको शपथ ग्रहणपछि मुख्यमन्त्रीले उनको छेउमा गएर उनलाई बधाई एवं शुभकामना दिइन्।
उल्लेखनीय छ कि गए एक मईमा केन्द्र सरकारले अधिसूचना जारी गरी जस्टिस टीएस शिवगणनमलाई कलकत्ता हाईकोर्टको मुख्य न्यायाधीशको रूपमा नियुक्त गरिएको घोषणा गरेको थियो। यसपूर्व ९ फरवरीको दिन सुप्रीम कोर्टको कलेजियमले जस्टिस शिवगणनमको नाम हाई कोर्टको मुख्य न्यायाधीशको रूपमा सिफारिस गरेको थियो। ३० मार्चमा कार्यकारी मुख्य न्यायाधीसको रूपमा उनको नाम उल्लेख गरी केन्द्र सरकारले अधिसूचना जारी गरेको थियो। निवर्तमान मुख्य न्यायाधीशले प्रकाश श्रीवास्तव सेवानिवृत्ति भएपछि चीफ जस्टिसको कार्यभार सम्हालिरहेका थिए।