हाईकोर्टले राज्य सरकारबाट माग्यो वीआईपी सुरक्षाको जानकारी

photocollage_2023511224751606.jpg

कोलकाता: वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको वाहनको लश्कर दुर्घटना मामिलाको सुनवाई बिहिवार एकपल्ट फेरि कलकत्ता हाईकोर्टमा भयो। न्यायमूर्ति राजशेखर मन्थाको एकल पीठमा सुनवाईपछि न्यायाधीशले राज्य सरकारबाट यस मामिलामा राज्यमा वीआईपी मानिसहरूको सुरक्षाको निम्ति कस्तो व्यवस्थाहरू छन्, यसको रिपोर्ट मागेका छन्। न्यायाधीशले भने, वीआईपी मूवमेन्टम रूट लाइनिङ र वाचर्स मेनेजमेन्टको प्रक्रिया छ। सरकारले यसको पलाना गर्छ कि गर्दैन, सोमवारसम्म यसबारे लिखितमा रिपोर्ट दिनुपर्छ। यसका साथै पुलिसलाई विशेष रूपमा निर्देश दिँदै उनले भने, मंगलवारसम्म यस मामिलामा कसैसित पनि सोधपुछ वा कुनैपनि कारबाही छैन। येलो बुकका नियमहरूको पालना गर्दै अहिले पुलिसले काम गर्नपर्नेछ। उल्लेख्य, चण्डीपुरमा शुभेन्दुको लश्करमा सामेल एक गाड़ीबाट दुर्घटना भएको थियो, जसमा शेख इसरफील नाम गरेको एक यवकको मृत्यु भएको छ। गाड़ीको चालक आनन्द कुमार पाण्डेले थानामा सरेन्डर गरेको छ र दुर्घटनाग्रश्त वाहनलाई जफत पनि गरिएको छ। तरैपनि पुलिसले नेता प्रतिपक्ष शुभेन्दु अधिकारी सहित लश्करका सबै चालकहरू विरूद्ध मामिला दर्ता गरी गैर जमानती धाराहरू लगाईरहेछ र सोधपुछ गरिरहेछ। यही मामिलामा नेता प्रतिपक्षले सीबीआई जाँचको माग गरेका छन् र पुलिसको प्राथमिकीलाई रद्द गर्ने माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement