टीम इण्डियामा कोविड-१९-को हमला, अश्विनको रिपोर्ट पोजिटिभ

IMG-20220621-WA0114.jpg

२१ जूनः ईंग्ल्याण्ड जाने भारतीय टीमको अन्तिम झुण्डमा कोविड-१९-को हमला भएको छ। सीनियर अफ् स्पिनर रविचन्द्रन अश्विन संक्रमणको शिकार बनेका छन्। यसैकारण उनी साथीहरूसँग ईंग्ल्याण्ड जान सकेनन्। यसरी ईंग्ल्याण्ड यात्रामा खेलिने पाँचौं टेस्ट म्याचमा उनी अनिश्चित हुन पुगेका छन्। अश्विन अहिले क्वारण्टीनमा रहेका छन् अनि समस्त प्रोटोकल आवश्यकताहरू पूरा गरेपछि मात्र टीममा सामेल हुनेछन्। भारतीय टीमको पहिलो झुण्डले १६ जूनमा ईंग्ल्याण्ड प्रस्थान गरेको थियो। बीसीसीआईको सूत्रले बताएअनुसार, अश्विन टीमसँग ईंग्ल्याण्ड जान सकेनन् कारण प्रस्थान गर्न अघि उनको कोविड-१९ जाँच रिपोर्ट पोजिटिभ आयो। अब १ जुलाईदेखि शुरु हुने पाँचौं टेस्ट म्याच अघि उनी फिट हुने हामीलाई आशा रहेको छ। उनले टेस्ट म्याचअघि लीसेस्टरशायर विरुद्ध खेलिने अभ्यास म्याचमा चाहिँ हिस्सा लिने सम्भावना कम्ती नै रहेको छ। उल्लेखनीय छ, टीमका रहल खेलाड़ीहरू अगावै लीसेस्टरमा रहेका छन्। त्यहाँ उनीहरूले बलिंग प्रशिक्षक पारस म्हाम्ब्रे र ब्याटिंग प्रशिक्षक विक्रम राठौड़को मार्गदर्शनमा अभ्यास गरिरहेका छन्। राहुल द्रविड़, रिषभ पन्त र श्रेयस अय्यर दक्षिण अफ्रिका विरुद्ध टी२० सीरीज समाप्त भएपछि लण्डन पुगिसकेका छन् अनि उनीहरू मंगलवार लीसेस्टर जानेछन्। यसबीच भीभीएस लक्ष्मणको प्रशिक्षणमा आयरल्याण्ड जाने भारतीय टीमले चाहिँ २३ या २४ जूनमा डबलिन प्रस्थान गर्नेछ कारण टीमका सदस्यहरूलाई बीसीसीआई-ले तीन दिनको विश्राम दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement