ग्रुप डी कर्मीहरूले रेलीको अनुमित पाएन

IMG-20230410-WA0169.jpg

कोलकाता: ग्रुप डी नौकरी उम्मेदवारहरूले आगामी
१७ मई कालीघाट क्षेत्रमा रेली गर्ने योजना बनाएका छन्। तर, पुलिसले यसको निम्ति अनुमति दिएन। बिहिवार कलकत्ता उच्च न्यायालयमा याचिका लगाइएको छ। न्यायमूर्ति राजशेखऱ मन्थाको एकल पीठले यस याचिकालाई स्वीकार गरेका छन्। सोमवार यस मामिलामा सुनवाई हुनेछ। नियुक्तिको मागमा उम्मेदवारहरूले ऱ्याली गर्ने योजना बनाएका छन्। शहीद मीनार मैदान जहाँ शिक्षक उम्मेदवारहरूको धरना चलिरहेछ, त्यहाँबाट कालीघाटसम्म रेली प्रस्तावित रहेको छ। तर पुलिसले अनुमति दिन मानेको छैन।
उल्लेख्य, न्यायमूर्ति मन्थाले यस्ता मामिलाहरूलाई लिएर अगावै पुलिसको आलोचना गर्दै भनेका थिए, यदि हरेक पल्ट अनुमतिको निम्ति हस्तक्षेप गर्नु परे यो लोकतन्त्रको निम्ति शुभ संकेत होइन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement