नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी १२ मईमा गुजरातको भ्रमण गर्दैछन्। बिहान १०:३० बजे प्रधानमन्त्री गान्धीनगरमा अखिल भारतीय शिक्षा सङ्घ अधिवेशनमा सहभागी हुनेछन्। त्यसपछि उनले गान्धीनगरमा मध्याह्न १२ बजे बजी करिब रु. ४४०० करोड़का विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्यास गर्नेछन्। अपराह्न ३ बजे प्रधानमन्त्रीले गिफ्ट सिटीको भ्रमण गर्नेछन्।
विकास परियोजनाको उद्घाटन तथा शिलान्यास
गान्धीनगरमा हुने कार्यक्रममा उनले रु. २४५० करोड़भन्दा बढ़ीको विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गर्नेछन्। जसमा शहरी विकास विभाग, जल आपूर्ति विभाग, सड़क तथा यातायात विभाग र खानी तथा खनिज विभागका परियोजनाहरू छन्। उद्घाटन गरिने परियोजनाहरूमा बनासकान्ठा जिल्लामा बहुग्राम जल आपूर्ति योजना, अहमदाबादको नदी ओभरब्रिज, नरोदा जीआईडीसीमा ड्रेनेज कलेक्शन नेटवर्क, मेहसाना र अहमदाबादमा मलजल प्रशोधन प्लान्ट, दहेगामको सभागार लगायत अन्य सामेल छन्। जुनागढ़ जिल्लामा बल्क पाइपलाइन परियोजना, गान्धीनगर जिल्लामा खानेपानी योजना विस्तार, फ्लाईओभर पुल निर्माण, नयाँ खानेपानी वितरण केन्द्र, विभिन्न नगर योजना सड़क लगायतका परियोजनाको शिलान्यास हुनेछन्।
प्रधानमन्त्रीले पीएमएवाई (ग्रामीण र शहरी) परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गर्नुका साथै योजना अन्तर्गत निर्मित करिब १९ हजार घरहरूको गृह प्रवेशमा भाग लिनेछन्। कार्यक्रममा उनले योजनाका लाभार्थीहरूलाई चाबी हस्तान्तरण गर्नेछन्। यी परियोजनाहरूको कुल परिव्यय लगभग रु. १९५० करोड़ छ।
गिफ्ट सिटीमा प्रधानमन्त्री
प्रधानमन्त्रीले ‘गुजरात इन्टरनेशनल फाइनेन्स टेक- सिटी’ (गिफ्ट सिटी), गान्धीनगरको भ्रमण गर्नेछन्। भ्रमणका क्रममा उनले गिफ्ट सिटीमा चलिरहेका विभिन्न परियोजनाको अवस्थाको समीक्षा गर्नेछन्। गिफ्ट आईएफएससी संस्थाहरूसँग उनीहरूको अनुभव र गिफ्ट सिटीमा भावी योजनाहरू बुझ्नका लागि अन्तरक्रिया पनि हुनेछ। प्रधानमन्त्रीले शहरका ‘अण्डरग्राउण्ड युटिलिटी टनेल’ र ‘स्वचालित फोहोर सङ्कलन पृथक्कीरण प्लान्ट’ लगायतका मुख्य पूर्वाधारको पनि भ्रमण गर्नेछन्।
अखिल भारतीय शिक्षा सङ्घ अधिवेशन
प्रधानमन्त्री अखिल भारतीय शिक्षा सङ्घ अधिवेशनमा सहभागी हुनेछन्, जुन अखिल भारतीय प्राथमिक शिक्षक महासङ्घको २९औँ द्विवार्षिक सम्मेलन हो। यस सम्मेलनको नारा ‘शिक्षकहरू परिवर्तनकारी शिक्षाको मुटुमा छन्’ रहेको छl –पीआईबी