अजय कुरापति सिलगढ़ीबाट पक्राउ

IMG-20230324-WA0001.jpg

सिलग़ढ़ी: भक्तिनगर थाना पुलिसको मद्दतमा सिक्किम पुलिसले एक आरोपितलाई सिलगढ़ीबाट पक्राउ गरेको छ। पक्रा परेको आरोपितको नाम अजय कुरापति हो। बिहिवार सिक्किम पुलिसले आरोपितलाई अदालतमा पेश गरी ट्रान्जिट रिमान्डमा सिक्किम लगेर गयो। पुलिस सूत्रहरू अनुसार, ९ मईमा आरोपित गान्तोकको एउटा होटलमा एक अन्य व्यक्तिसित चिनापर्ची गरी उसको पर्स चोरेर भागेको थियो। जसमा उक्त व्यक्तिको आईकार्ड र एटीएम कार्ड थियो। चोरीपछि पीड़ित व्यक्तिले सिक्किममा मामिला दर्ता गयो। दर्ता शिकायतको आधारमा सिक्किम पुलिसले जाँच शुरू गयो।
जाँचमा सिक्किम पुलिसलाई आरोपित सिलगढ़ीमा रहेको थाहा लाग्यो। जसपछि सिक्किम पुलिसले सिलगढ़ी मेट्रोपोलिटन पुलिससित सम्पर्क गर्यो। यसपछि भक्तिनगर थाना पुलिसले सिक्किम पुलिसको जाँचमा सहयोग गर्दै आरोपितलाई हिजो राति सेवक रोडबाट पक्राउ गर्यो। आरोपितबाट पुलिसलाई १० वटा सुनको प्लेट, दुईवटा मोबाइल फोन, केही आईडी र एटीएम कार्ड उद्धार भएको छ। सिक्किम पुलिसले आरोपितलाई अदालतमा पेश गरी ट्रान्जिट रिमान्डमा सिक्किम लग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement