सुकन्या समृद्धि योजनाको औपचारिक शुरूआत

c014a65f24e7b87cca5f60cc7cf12806_original.jpg

बरपेटा: सुकन्या समृद्धि योजनाको बिहीवार राज्यको बरपेटा जिल्ला मुख्यालयमा औपचारिक शुरूआत भयो। आयुष गर्गले बरपेटा नर्सरी स्कूलमा गएर तीन जना छात्राको अकाउन्ट खोलाएर योजनाको औपचारिक शुरूआत गरे। यस अवसरमा आयोजित एक समारोहलाई सम्बोधित गर्दै जिल्ला उपायुक्तले भने,१० वर्षकी आयुका राज्यका सबै किशोरीहरूलाई यस योजना अन्तर्गत समाहित गर्ने प्रधानमन्त्रीको योजना छ। यस अन्तर्गत डाकघरहरूका साथ ब्याङ्कहरूमा पनि अकाउन्ट खोल्न सकिन्छ। यस अकाउन्टमा ढाई सयदेखि लिएर डेढ़ लाखसम्म रूपियाँ जमा गर्नसकिन्छ। कन्या समृद्धि योजना अन्तर्गत जमा हुने राशिमा सरकारले अधिक ब्याज दिनेछ । यस योजनाको शुरूआत छोरी बचाउ छोरी पढाउ योजनालाई सफल तुल्याउने उद्देश्यले गरेको हो। यो योजना असमका गाउँ-गाउँसम्म पुऱ्याउने लक्ष्य निर्धारित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement