विमानमा महिलाले रक्सी पिएपछि हङ्गामा

Flight

कोलकाता: दिल्लीबाट कोलकाता आउँदै गरेको विमानमा एक महिला यात्रुले रक्सी पिएर दुर्व्यवहार गर्न थालेपछि हङ्गामा मच्चिएको छ। घटनाको बारेमा एयरलाइन्सले सीआईएसएफलाई जानकारी गराएपछि महिला यात्रुलाई पक्राउ गरिएको थियो। ती महिला बुधबार राति दिल्लीबाट कोलकाताको उडानमा चढेकी थिइन्। हिजो राति उडान भरेको केही समयपछि करमजीत कौर नामकी महिला यात्रु विमानभित्र खुलेआम रक्सी सेवन गरेको भेटिएको आरोप छ। यति मात्र होइन, सहयात्रीसँग दुर्व्यवहार गरेको गुनासो पनि आएको छ। उक्त उडान बिहान १:१० बजे कोलकाता विमानस्थलमा अवतरण गरेपछि सुरक्षा निकायलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरु गरिएको थियो। राति महिला यात्रुलाई पक्राउ गर्न नसकिने भएकाले बिहीबार बिहान ७:०५ बजे यात्रुलाई नेताजी सुभाषचन्द्र अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी चौकीमा बुझाइएको स्रोतले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement