गाउँलेहरूद्वारा सडकको मरमति गरिदिने माग

Screenshot_20230511_204517_Samsung-Internet.jpg

राजगञ्ज: आमबारी इलाकाको सडक जर्जर अवस्थामा रहेकोले गर्दा स्थानीय मानिसहरूले चाँडोभन्दा चाँडो सड़क मरमति गरिदिने माग गरेका छन्। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको आमबारी करतोया पुलदेखि हाई स्कुल हुँदै पोस्ट अफिस मोडसम्मको सडक लगभग ५ वर्षदेखि जर्जर अवस्थामा रहेको छ। यस सडकको मरमतिको लागि प्रशासनले कुनै पहल गरेको छैन। यसैले स्थानीय मानिसहरूले यो सडकको तत्कालै मरमति गरिनुपर्ने माग गरेका छन्। सडकको अवस्था जर्जर रहेकोले गर्दा तिनीहरूलाई धेरै असुविधा हुने गर्दछ ।यस सडकमै एउटा हाई स्कुल, स्वास्थ्य केन्द्र र आमबारी बजार पनि छ। विद्यार्थीहरूलाई यो सडक भएर स्कुल जान धेरै असुविधा भइरहेको छ। यस सम्बन्धमा बिन्नागढी इलाकाका उप प्रधान तुषार कान्ति दत्तले भने, सिलगढी- जलपाईगढी विकास प्राधिकरणलाई यस सडकबारे जानकारी गराइसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *