तादोङमा एसकेएम नारी शक्तिको समन्वय सभा

IMG-20230512-WA0000.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको अप्पर तादोङ समष्टि स्तरीय नारी शक्तिको एक समन्वय सभा आज सम्पन्न भयो। नारी शक्तिको तर्फबाट हालसम्म निर्वाचन क्षेत्रमा भएका विभिन्न कार्यहरूबारे छलफल गर्न र भावी रणनीति तयार पार्ने उद्देश्यले सभाको आयोजना गरिएको थियो। बैठकमा समष्टि स्तरीय नारी समन्वयक वीणा छेत्री, उप-समन्वयक निला गुरूङ, केन्द्रीय कार्यकारी सदस्य अनिता प्रधान, नारी महासचिव विष्णु शर्मा, वार्ड स्तरीय नारी कार्यकारी समिति लगायत अन्यको उपस्थिति रहेको थियो। अप्पर तादोङ निर्वाचन क्षेत्रमा नारी शक्तिद्वारा धेरै उत्कृष्ट कार्य भइरहेको र यसैलाई निरन्तरता दिन र समन्वय रूपमा काम गर्नुपर्ने दिशामा जोड़ दिइएको थियो।

सम्माननीय पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोलेको नेतृत्वमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले नारीहरूको हितमा शुरू गरेको विविध कार्यक्रम र योजनाहरूका बारेमा पनि चर्चा गरियो। क्षेत्र विधायक जीटी ढुङ्गेलले समष्टिमा गरेका विविध विकासीय कार्य योजनाका बारेमा पनि सभामा अवगत गराइएको थियो। अन्तमा अन्तरक्रियात्मक सत्र आयोजन गरियो, जहाँ सबैले आ-आफ्नो तर्फबाट विभिन्न सुझाव, सल्लाह र गुनासोहरू राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement