गान्तोक: राज्यका सामाजिक कल्याण विभागीय मन्त्री सञ्जीत खरेलले आज बिहान मेघालयको राजधानी शिलङमा केन्द्रिय सामाजिक न्याय एवं सशक्तिकरण मन्त्रालयका मन्त्री डा. विरेन्द्र कुमारसँग भेट गरे। यस सौहार्द्रपूर्ण भेट अवधि मन्त्री खरेलले राज्यमा सामाजिक कल्याण विभागद्वारा कार्यान्वयन गरिएका विविध योजना अनि कार्यबारे केन्द्रिय मन्त्रीलाई जानकारी गराए। जानकारी गराइन्छ, सामाजिक न्याय एवं सशक्तिकरण विभागद्वारा आयोजित दुई दिवसीय चिन्तन शिविरमा सहभागिता जनाउन मन्त्री खरेल हाल मेघालयको राजधानी शिलङमा छन्। यस अवधि नै उनले केन्द्रिय मन्त्रीसँग भेट गरेका हुन्।










