दुई भन्दा अधिक नानी जन्माउने कर्मचारीका लागि इन्क्रिमेन्ट दिने योजना लागू

FB_IMG_1683828731631.jpg

गान्तोकः सिक्किम सरकारले दुईजना भन्दा अधिक नानी जन्माउने कर्मचारीका लागि घोषणा गरेको इन्क्रिमेन्ट अधिसूचित भएको छ। राज्य सरकारको डीओपीले बुधचार जारी गरेको अधिसूचना अनुसार सरकारी कर्मचारीका पक्षमा घोषणा गरिएको यो नयाँ योजना १ जनवरी, २०२३ देखि लागू हुनेछ। अधिसूचनामा उल्लेख गरिए अनुसार, दुई जना नानी जन्माउने सरकारी कर्मचारीलाई सरकारले एउटा एडभान्स इन्क्रिमेन्ट प्रदान गर्ने भएको छ। यसरी नै तेस्रो नानी जन्माएको खण्डमा थप एउटा इन्क्रिमेन्ट दिने प्रावधान राखिएको अधिसूचनामा उल्लेख। यस योजनाको लाभ लिने सरकारी कर्मचारीको सिक्किम सब्जेक्ट अथवा सीओआई हुन अनिवार्य छ।

नानीका बाबु-आमा दुवैजना सरकारी नोकरीमा भएको खण्डा आपसी सहमतिमा एकजनाले योजनाको लाभ लिने बारे दाबी गर्न सक्नेछन्। तथापि नानी काख लिएको खण्डमा भने योजनाको लाभ मिल्ने छैन्। जानकारी गराइन्छ, जन्मदर लगातार घटेर गएका कारण खाँटी सिक्किमेको जनसङ्ख्या घटेर गएका कारण जन्मदरमा वृद्दि गराउन मुख्यमन्त्री पीएस तामाङले सरकारी कर्मचारीका लागि यो प्रोत्साहन योजनाको घोषणा गरेका थिए। यस अघि महिला कर्मचारीका लागि सिक्किम सरकारले एक वर्षको सुत्केरी विदा दिने नियम सिक्किममा लागू भइसकेको छ। सिक्किममा नानी जन्मिएको स्थितिलाई उत्सवको रूपमा पालन गर्न र यसलाई स्मरणीय बनाइराख्ने उद्देश्यका साथ सरकारले मेरो रुख मेरो सन्तति योजना पनि सञ्चालनमा ल्याएको छ जसअन्तर्गत प्रत्येक नानीको जन्मपछि नानीको नाममा एक सय विरुवा रोपिनेछ। यसरी नै प्राकृतिक कारणले नानी हुन नसकेका दम्पतिलाई आईवीएफ ट्रिटमेन्ट गराउन सिक्किम सरकारले वात्साल्य योजना अन्तर्गत तीन लाख रुपियाँको आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement