सुनुवार मुखिया जातिको श्यादर ग्योर (चण्डी पूजा) सम्पन्न

00-1-IMG-20230511-WA0230

सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्डको राङभाङ गोपालधारा ग्राम पञ्चायतअन्तर्गत राङभाङ मुखिया गाउँमा मुखिया सुनुवार जातिको श्यादर ग्योर पुजा गर्ने स्थल श्यादर पिदार स्थापना सगै श्यादर ग्योर (चण्डी पुजा) विधिवत पुजापाठ सग सम्पन्न गरियो। वैशाख पूर्णिमा दिन श्यादर ग्योर (चण्डी पुजा)सँगै स्थलको स्थापना कार्यक्रम पोइबा तिर्थराज मुखिया अनि मुखिया समाजका नाहसो, ग्यामीको बहुलीबाट गरियो। भारतीय सुनार मुखिया समाज सांस्कृतिक प्रशाखा राङभाङको तत्वधानमा श्यादर ग्योर पश्चात संगठनका प्रतिनिधिहरूको उपस्थितिमा स्थापना कार्यक्रम सम्पन्न गर्न सहयोग पुराउने सहयोगी, संगठनका वरिष्ठ पदाधिकारीलाई सम्मान सगै धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरियो। प्रशाखा सभापति मदन मुखियाको अध्याक्षता सम्पन्न कार्यक्रममा सुकेपोखरी शाखा सभापति साहित्यकार बीबी मुखिया अलङ्कार, सचिव एच बी मुखिया, कोषाध्यक्ष भुपाल मुखिया, खरसाङ शाखा सचिव सहदेव मुखिया, उपसभापति बीबी मुखिया, कोषाध्यक्ष भीम मुखियाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा कवि बिजय मुखियाले स्वगत सम्बोधन राखेर कार्यक्रम अनि मुखिया सुनुवार जातिको सांस्कृतिक बिषय बारे प्रकाश पारे। श्यादर ग्योर स्थलको स्थापना गर्न सुके शाखाबाट दस हजार रूपियाँको नगद राशि प्रशाखा सभापति मदन मुखियालाई सुके शाखाका प्रतिनिधिले हस्तान्तरण गरे। कवि विजय मुखियाको सक्रियतामा राङभाङ मुखिया गाउँवासीले मुखिया जातिको सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गरेर जातिलाई स्थानीय स्तरमा प्रतिनिधित्व गर्दै आइरहेका छन्। कार्यक्रम आफ्नो सम्बोधन मार्फत बीबी मुखिया अलङ्कार, एच बी मुखिया अनि सहदेव मुखियाले संगठनको कार्य, श्यादर ग्योर विषय अवगत गराउदै राङभाङ प्रशाखालाई बधाई टक्राए। प्रशाखा सभापति मदन मुखियाले कार्यक्रमका अतिथि, सहयोगी अनि उपस्थित मुखिया समाजका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे।               

About Author

Advertisement