हामी युवाहरू समाजको भविष्य मात्र होइन वर्तमान पनि हौं: राप्गे राई
दार्जीलिङ: रंगबुल धोतरिया समष्टिमा हाम्रो पार्टी युवा शक्तिको गठन गरिएको छ। रंगबुल धोतरिया समष्टिको कन्याश्री पार्कमा आज हाम्रो पार्टी युवा शक्तिको सभा सम्पन्न भयो।इन्दु राईको अध्यक्षतामा सम्पन्न भएको सभामा हाम्रो पार्टी युवा शक्ति समूहको दार्जीलिङ महकुमा समिति संयोजक राप्गे राई विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै सह संयोजक आशिष छेत्री,संयोजिका दीपिका गुरूङ,शहर समिति प्रवक्ता नोरा सुब्बा,दिपक प्रधान अनि सुबोध तामाङ उपस्थित रहेका थिए।आयोजित सभामा रंगबुल धोतरिया समष्टिमा हाम्रो पार्टी युवा शक्तिको गठन भएको छ। यसमा रंगबुल धोतरिया समष्टिको जोन १ बाट सुधन बस्नेतलाई सर्वसहमति अनुरूप अध्यक्ष चयन गरियो। त्यसरी नै उपाध्यक्ष वीरेन तामाङ, सचिव अनुराग गुरूङ, सह सचिव सागरदीप तामाङ र राजीव राई, कोषाध्यक्ष सुकमान राईलाई चयन गरिएको छ। त्यसै गरी जोन २ बाट योगेश राईलाई अध्यक्ष चयन गरियो।उपाध्यक्ष किस्मत छेत्री, सचिव रमल राई, सहसचिव जितेन छेत्री, कोषाध्यक्ष व्रिजेश राईलाई चयन गरिएको छ भने कार्यकारिणी सदस्यहरूको पनि चयन गरिएको छ। नव निर्वाचित पदाधिकारीहरूलाई युवा शक्ति समूह एंव पार्टीको शीर्ष नेतृत्वहरूको बाहुलीबाट मनोनित पत्र प्रदान गरियो। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी युवा शक्ति समूहको दार्जीलिङ महकुमा समिति संयोजक राप्गे राईले भने, निर्वाचित पदाधिकारीहरूको अनुहारमा मैले जाति र आफ्नो क्षेत्रको निम्ति केही गर्छु भन्ने सोच र जोश मैले देखे अनि यो सोच र जोश सधैं बनिरहोस्। हामी युवाहरू हौं। हाम्रो मन मस्तिष्कमा जोश छ अनि हाम्रो यो जोश र सोचलाई पार्टीको अनुभवी नेतृत्वहरूको दिशा निर्देशमा अघि बढ्ने छौं। पहाड तराई डुवर्स आदि क्षेत्रको कुना काप्चाहरूमा हामी जातीय हितको पक्षमा काम गर्नेछौं।’
उनले अघि भने, ‘हाम्रो युवा शक्तिको गठन सित्थैमा समय बर्बाद गर्न गठन गरेको होइन। निर्वाचित पदाधिकारीहरूमाथि शाखा प्रशाखा अनि समष्टिको कार्यकर्ता एंव समर्थकहरूले ठूलो आशा लिएर बसेको हुन्छ अनि उनीहरूको आशा र भरोसालाई हामी तोड्ने काम गर्नु हुँदैन।’
उनले अझ भने, तपाईहरूलाई हाम्रो पक्षबाट के कस्तो सहयोगहरू चाहिन्छ त्यो तपाईहरूले हामीलाई भन्नुहोस्। हामी यहाँ आएर हुन्छ कि के गरेर हुन्छ हामी तपाईहरूलाई भरपूर सहयोग पुराउनेछौं। हामी युवाहरू समाजको भविष्य मात्र होइनौं वर्तमान पनि हौं। त्यसकारण हामी भविष्यको पर्खाईमा बस्नु हुँदैन। त्यसार्थ हामीले अहिलेदेखि नै कार्यहरू पनि गर्दै जानुपर्छ।राप्गे राईले अझ थपे -‘हामी युवाहरूको मन मस्तिष्कमा प्रगतिशील सोचहरू हुनपर्छ अनि आज मैले हाम्रो युवाहरूकोमा प्रगतिशील सोचहरू पनि देखे। राजनीतिलाई छिः छिः गरेर टाडो बस्नु हुँदैन। जाति र आफ्नो क्षेत्रको लागि हामी राजनीतिमा आउनैपर्छ। हामी जति चूप लागेर बस्छौं। हाम्रो जाति र हाम्रो क्षेत्र उति नै खतरामा पर्दै जान्छ।’ त्यसरी नै सह संयोजक आशिष छेत्रीले हाम्रो पार्टीले गोर्खा जातिको जातीय मुद्दासंगसंगै हाम्रो शिक्षित भाइ बहिनीहरूलाई शिक्षाको क्षेत्रमा अब्बल बनाउने दिशामा पनि उतिकै काम गर्दै आई रहेको छ। हाम्रो पार्टीले पहाडको युवा भाइ बहिनीहरूलाई आईएएस, आईपीएस आदि जस्ता उच्च श्रेणीको शिक्षाको तालिम दिने कामहरू पनि गर्दै आईरहेको छ।विगत साल मात्र हाम्रो पार्टीद्वारा तालिम प्राप्त एकजना भाइले उच्च शिक्षाको परीक्षा उतीर्ण हुन सफल भए। अहिले उनले बैंकको उच्च पदमा नियुक्ति पाएका छन्। आज पनि हाम्रो पार्टीले १२ जना भाइ बहिनीहरूलाई आइएएस,आइपीएस परीक्षाको तालिम दिने कामहरू गर्दै आईरहेको छ। आजको सभामा रंगबुल धोतरिया समष्टिको विभिन्न क्षेत्रहरूबाट पार्टी कार्यकर्ता एवं समर्थकहरूको उपस्थिति रहेको थियो।