सुप्रीम कोर्टको निर्णयलाई फडणवीस-शिन्देले लोकतन्त्र र जनमतको जित बताए

87994318.jpg

मुम्बई: उद्धव ठाकरे बनाम एकनाथ शिन्दे मामिलामा सुप्रीम कोर्टले सुनाएको फसेलालाई महाराष्ट्रका नेताहरूले स्वागत गरेका छन्। उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले भने, सुप्रीम कोर्टको निर्णयबाट लोकतन्त्र र जनमतको जित भएको छ। अर्कोतिर मुख्यमन्त्री एकनाथ शिन्देले सुप्रीम कोर्टको फसेलालाई सत्यको जित बताएl
सुप्रीम कोर्टले फसेला सुनाएपछि देवेन्द्र फडणवीसले भने, सुप्रीम कोर्टको फसेलाबाट हामी सन्तुष्ट छौं। यस निर्णयको गतिलो झट्का महाविकास आघाड़ीलाई लागेको छ, किनभने यो फसेलापछि उद्धव ठाकरेलाई फेरि मुख्यमन्त्री बनाउन सकिँदैन। साथै सुप्रीम कोर्टले विधायकहरूलाई निलम्बन गर्ने सम्पूर्ण अधिकार पनि विधानसभा अध्यक्षलाई सुम्पिएको छ। उनले भने, सुप्रीम कोर्टले चुनाउ आयोगको निर्णयलाई पनि सही ठहर गरेको छ। कुनै पनि पार्टीको बारेमा चुनाउ आयोगले स्वतन्त्र फसेला लिनसक्छ। हामी कोर्टको निर्णयलाई स्वागत गर्दछौं। अब सबैले यसलाई मान्नुपर्छ।
मुख्यमन्त्री एकनाथ शिन्देले भने, सुप्रीम कोर्टको निर्णयबाट सत्यको जित भएकोछ। लोकतन्त्रमा सदैव बहुमतको महत्व रहन्छ। हामीले पहिलाबाटै सबै कानूनी पाटो र पक्षहरूको अध्ययन गरेर नियम अनुसार सरकार गठन गरेका थियौं। हाम्रो सरकार संवैधानिक छ भन्ने कुरा सुप्रीम कोर्टको आजको निर्णयले साबित गरिदिएको छ। मुख्यमन्त्री शिन्देले अझ भने, सुप्रीम कोर्टको निर्णयलाई सबैले स्वागत गरेका छन्। कोर्टले विधायकहरूलाई निलम्बन गर्ने अधिकार विधानसभा अध्यक्षलाई सुम्पिएकोछ, अब विधानसभा अध्यक्षले यस सम्बन्धमा ‘मेरिट बेसिस’-मा निर्णय लिनेछन्। तत्कालीन राज्यपालले त्यसबेलाको परिस्थिति अनुरूप नै निर्णय लिएका थिए। यसैले राज्यपालाई यस सम्बन्धमा गलत ठहराउन सकिँदैन।-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement