सोनादा: केही दिनदेखि बन्द अवस्थामा रहेको रंगमुक सिडर्स चियाबारी खेलाउने विषयमा आज हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले पत्रकार सम्मेलन बोलाएर जानकारी गराएका छन्। रंगमुक सिडर्स चियाबारी गत २४ अप्रेलदेखि बन्द अवस्थामा रहेको कारण बगानको अवस्था सोचनीय बनेर गएको छ। रंगमुक सिडर्स चियाबारी खोलाउन पहल गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले जीटीए चिफ् अनित थापालाई ज्ञापन दिएको जानकारी पत्रकार सम्मेलन बोलाएर जानकारी गराएका छन्। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समिति सदस्य रतन छेत्रीले रंगमुक सिडर्स चियाबारीमा अराजनैतिक संस्थाहरूले धरणा प्रदर्शन गरेको कारणले बगान बन्द भएको आरोप लगाएका छन्। उनले भने, ‘बगान खोलाउन गत १ मईको दिन जोइन्ट फोरमले १० दिनभित्रमा बगान खोलाउने भनेका थिए र हामीले उनीहरूलाई बगान खोलायोस् भनेर खुल्ला छोडी दिएको तर १० दिनको समय सकिएकोले अब हामी भोलिदेखि नै बगान खोलाउन होम वर्क गरेर पहल गर्नेछौं। तर कसैले पनि अब हामीलाई वाधा नदियोस्।’
उनले बगान खोलाउन जीटीए चिफ् अनित थापालाई ज्ञापन दिएको र अब हामी कता कता जानु पर्ने हो स्थानीयहरूका सहयोगमा कार्य गर्ने बताएका छन्। उनले अघि भने, बगानको अवस्था सोचनीय बनेर गएको छ अनि चिया गाछहरू पनि सोचनीय बनेर गएको छ। त्यसैले बगान खेलाउन आवश्यक बनेको छ। बगान खोलाउन हामी पहल गर्नेछौं तर कसैले बाधा नदियोस्। हामीलाई स्थानीयहरूका सहयोग पनि चाहिन्छ। अब हामी कस कसलाई भेटेर बगान खोलाउन पहल गर्नु पर्ने त्यो सबै गर्नेछौं।’
पत्रकार सम्मेलनमा पुरण सुन्दासले पनि सम्बोधन गर्दै यो बगानमा वेतन ढिलै पाए पनि चल्नु चैं चलिरहेको थियो तर यहाँ आन्दोलन गर्नेहरूले बगान बन्द गराएका छन् भनी आरोप लगाएका छन्। उनले भने, ‘हामीले बगान खोलाउन युनियनसित भेटघाट गरेका छौं भने जीटीए चिफ् अनित थापालाई पनि भेटेर बगान खोलाउन ज्ञापन दिएका छौं।’
पत्रकार सम्मेलनलाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनका अन्यले पनि सम्बोधन गरेका थिए। यसमा डेविड प्रधान, अविनाश मोथे, त्यानछिरिङ् तामाङ, वीभा गुरुङ, किशोर राई, सतिस राई आदि पनि उपस्थित रहेका थिए।