समाज घर निर्माणको लागि एडवाडर्सले फूलबारी बीच गाउँ समाजलाई दिए समाग्रीहरू

Screenshot_20230511_163859_WhatsApp.jpg

बीच गाउँ समाजले हाम्रो पार्टीलाई समर्थनको गर्यो घोषणा

दार्जीलिङ: समाज घर निर्माणको निम्ति अजय एडवाडर्सले सर समाग्री दिएपछि गाउँलेहरूमा खुशीको माहोल देखियो। सोनादा पच्याङ समष्टि अन्तर्गत फूलबारी बीच गाउँको बासिन्दाहरूले गाउँको समाज घर निर्माणको निम्ति पहाडको राजनैतिक दलहरूको नेतृत्वहरू समक्ष धेरै विन्ति गरेता पनि आजसम्म कसैले सहयोगको हात बडाएको थिएन।गत केही दिन मात्र हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले फूलबारी बीच गाउँ क्षेत्रको भ्रमण गरेको थियो।सोही अवधि स्थानीय फूलबारी बीच गाउँ समाजले समाज घरको अवस्था बारे अवगत गराएका थिए।स्थानीय समाज घरको अवस्थाको फोटो खिचेर सुम्पिएका थिए।आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले समाज घर निर्माणको निम्ति सिमेन्ट,च्यादर,रड आदि जस्ता सर समाग्रीहरू गाडीमा हालेर पठाई दिएका थिए। फूलबारी बीच गाउँ समाजको बासिन्दाहरूले आश्चर्य चकित भए।यसै संदर्भमा बीच गाउँ समाजको अध्यक्ष रमेश राईले बताए अनुसार फूलबारी बीच गाउँ समाजको समाज घरको अवस्था अति नै सोचनीय रहेको छ।बाँस र च्यादरले बारेर समाज घरको निर्माण गरिएको हुनाले ठूलो हावा पानी परेको खण्डमा समाज घर लथालिङ्ग भताभुङ्ग हुन सक्ने प्रबल सम्भावना रहेको छ।

समाज घरको अवस्था बारे हामीले पहाडको सवै राजनैतिक दल एंव नेतृत्वहरूलाई अवगत गरायौ तर कसैबाट हामीले सहयोग पाउन सकेका थिएनौ।गत केही दिन अघि मात्र हामीले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष समाज घरको अवस्था बारे अवगत गराएका थियौ तर पाँच दिन नवित्दै आज विहान २७ वटा च्यादर, सिमेट लगायत जरूरी सर समाग्रीहरू गाडीमा हालेर पठाई दिनु भएछ,हामीले सर समाग्रीहरू सबै पायौ अनि समाजको नेतृत्वहरूदेखि लिएर सदस्यहरू सबै अति नै खुशी भएका छन। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको समाजिक कार्य एंव मानवीय कार्यहरूबाट हामी आकर्षित बन्दै आजदेखि फूलबारी वीच गाउँ समाजले हाम्रो पार्टीलाई सम्पूर्ण समर्थन जनाउँने निर्णय लिएका छौ अध्यक्ष रमेश राईले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement