गोर्खाल्याण्डको मागमा कालेबुङमा धरना प्रदर्शन तथा रेली निकालिइने

16-36-58-slg.jpg

सिलगढी: भारतीय जनता पार्टीले गत २०१९ को चुनावी घोषणापत्रमा भारतीय गोर्खाहरूको स्थायी राजनीतिक समाधान छुट्टै राज्य गोर्खाल्याण्ड दिने वाचा गरे तापनि आजसम्म उक्त मागको कुनै घोषणा नगरेको आरोप लगाएको छ। अराजनीतिक दल जीएसडीएनसी (गोर्खाल्याण्ड स्टेट डिमान्ड नेशनल कमिटी) ले यसको प्रतिवादमा आगामी १३ मईको दिन बिहान ११ बजीदेखि बेलुकी ४ बजीसम्म कालेबुङ जनमुक्ति पार्कमा धरना प्रदर्शन साथै रेलीको पनि आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमलाई लिएर जीएसडीएनसी का पश्चिम बंगाल प्रमुख विशाल छेत्रीले पहाडको सम्पूर्ण गोर्खाल्याण्ड प्रेमी सन्तानहरूलाई उपस्थित भइदिने आह्वान गरेका छन्। तिनले यस कार्यक्रममा भाग लिएर भारतीय जनता पार्टीलाई भारतीय गोर्खाहरूको स्थायी राजनीतिक समाधान छुट्टै राज्यको गोर्खाल्याण्ड अझ पनि किन प्रदान गरिएको छैन् भनी प्रश्न गर्न सक्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement