घोगोमाली बजार नजिक एउटा घरमा आगलागी

IMG-20230408-WA0112.jpg

सबै जलेर स्वाहा

सिलगढी: सिलगढीको घोगोमाली बजार नजिक घोगोमाली मेन रोडस्थित एउटा घरमा आगलागी हुँदा घर जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार आज लगभग १२ बजेर १० मिनटमा एउटा घरमा आगलागी भएको हो। आगो लागेको लगभग १ घण्टा बितिसक्दा पनि दमकलको इञ्जिन घटनास्थलमा नपुगेपछि स्थानीय मानिसहरू लगायत व्यवसायीहरूले क्षोभ प्रकट गरे। आज लगभग १२ बजेर १० मिनटमा एउटा घरमा आगो लाग्दा परिवारका एउटी महिला चिच्याउन थालेपछि छिमेकीहरू घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरे। १२ बजेर १० मिनटमा आगो लागे तापनि लगभग १ बजेर १५ मिनटमा दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेपछि अझ एउटा इञ्जिन घटनास्थलमा पुगेको थियो। स्थानीय मानिसहरूको आरोप अनुसार समयमे दमकलको इञ्जिन घटनास्थलमा पुगेको भए आगोलाई नियन्त्रणमा ल्याउन सकिन्थ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement