सिलगढी: अल सिक्किम एण्ड वेस्ट बेंगल ट्रक ड्राइभर एसोसिएसनले आउँदो १७ मईदेखि १८ सय गाडी बन्द गर्ने घोषणा गरेको छl एसोसिएसनले दिएको आवेदनअनुसार काम नभएको भन्दै बन्द गर्ने लिएको एसोसिएसनका सभापति रोशन विश्वकर्मले विज्ञप्ति जारी गरेर बताएका छन्l उनले जारी गरेको विज्ञप्तिका अनुसार यसै वर्ष ६ मार्चमा ३७ वटा चालक संगठन एवं ट्रान्सपोर्टर मिलेर गेल खोलमा सभामा नेशनल परमिट, ओभर लोड भएका गाडीहरू सडकमा दौडन नपाइने भनेर आवेदन पत्र बनाएको थियोl अझ रेसिप्रोकल एग्रिमेन्ट जति पनि सिक्किम अनि पश्चिम बङ्गालमा गाडीहरूको कुल सङ्ख्या १८ सय छन् र यसलाई पनि सठीक ढङ्गमा जाँच गरीयोस् भनेर आवेदनमा अन्तर्भुक्त अग्रिएको थियोl यो आवेदन पत्र सबै सिक्किम र पश्चिम बङ्गालमा दिइसकेको विज्ञप्तिमा बताइएको छl तर अझसम्म पनि पत्रअनुसार काम नभएको हुँदा बन्द गर्न परेको बताइएको छl