द केरल स्टोरी हरियाणामा ट्याक्स फ्री

00-1-The-Kerala-Story-3

चण्डीगढ़: हरियाणा सरकारले चर्चित फिल्म ‘द केरल स्टोरी’लाई ट्याक्स फ्री गरिदिएको छ। यसअघि उत्तर प्रदेश र मध्य प्रदेश सरकारले पनि उक्त फिल्मलाई ट्याक्स फ्री गरिसकेका छन्। हरियाणामा ‘द केरल स्टोरी’ फिल्मलाई ट्याक्स फ्री गर्नअघि मुख्यमन्त्री मनोहर लालले एउटा कमिटी गठन गरेका थिए। मुख्यमन्त्री स्वयंले यसबारे जानकारी साझा गरेका छन्। कमिटीले सिफारिस गरेपछि नै ट्याक्स फ्री गर्ने फसेला लिइएको हो। मुख्यमन्त्रीले गएको  बुधबार अबेर राति उक्त फसेलाबारे घोषणा गरेका हुन्।

हरियाणा मन्त्री मण्डलको बैठकमा यस फिल्मलाई ट्याक्स फ्री गरिने सम्बन्धमा चर्चा गरिएको थियो। त्यसपछि मुख्यमन्त्री मनोहर लालले ट्वीट गरी यसबारे जानकारी दिएका छन्। मुख्यमन्त्रीको घोषणा पश्चात आबकारी एवं कर विभागले पनि यस सम्बन्धमा अधिसूचना जारी गरी राज्यका सबै डिप्टी एक्साइज एण्ड ट्याक्सेशन कमिश्नरलाई जानकारी पठाएको छ। हरियाणा भाजपाका प्रदेश अध्यक्ष ओम प्रकाश धनखड़ले राज्यका तीन महामन्त्री एडभोकेटहरू क्रमैले वेदपाल, मोहनलाल बडोली र पवन सैनीसित ‘द केरल स्टोरी’ फिल्म हेरिसक्का छन्। उनले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने, यो सत्य घटनामाथि आधारित मानवीय संवेदनाहरूलाई झक्झकाउने किसिमको फिल्म छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement