एनआईएद्वारा लगातार तेस्रो दिन कश्मीरका केही स्थानहरूमा छापामारी

NIA-2

श्रीनगर: राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-ले बिहीबार लगातार तेस्रो दिन पनि आफ्नो कारबाही जारी राख्दै आतंकवादसित सम्बन्धित एक मामलामा कश्मीरका केही स्थानहरूमा छापा मारेको छ। कारबाहीको अवधि संदिग्ध परिसरहरूबाट विभिन्न आपत्तिजनक कागजपत्र र इलेक्ट्रनिक उपकरणहरू जफ्त गरिएको छ। आधिकारिक स्रोतका अनुसार जम्मू-कश्मीर पुलिस तथा सीआरपीएफको सहायताबाट एनआईएका अधिकारीहरूले कश्मीरमा कतिपय स्थानहरूमा छापा मारे। हंजूरा बडगाम गाउँमा एनआईएले गुलाम हसन मीरको छोरा बिलाल अहमद मीरको घरमा छापा माऱ्यो भने वागममा गुलाम मोहम्मद नजरको छोरा खजीर मोहम्मद नजरको घरमा खोजतलासी लिए। स्वर्गीय गुलाम कादिर वानीको छोरा मोहम्मद अशरफ वानीको नामतेहल बडगामस्थित एक आवासीय घरमा तलासी लिइँदैछ।

यसरी एनआईएको टीमले जिल्लाको डहरमुना सोइबुग निवासी अब्दुल गफ्फार मलिकको छोरा मोहम्मद यूसुफ मलिकको घर र जिल्लाको ज्वालापोरा निवासी गुलाम मोहम्मदको छोरा मोहम्मद शफी डारको घरमा खोजतलासी लिइसकेको छ। एनआईएको अर्को टीमले बडगाम जिल्लाको फलचिल गाउँ निवासी गुलाम मुस्तफा गनी, पुत्र स्वर्गीय गुलाम हसन गनीको आवासीय घरको पनि तलासी लिइसकेको छ। एजेन्सीका अधिकारीहरूले धर्मुनामा अब्दुल गफ्फार मलिकको छोरा मोहम्मद यूसुफ मलिकको घर र ज्वालापोरा बडगाम निवासी गुलाम मोहम्मद डारको छोरा मोहम्मद शफी डारको घरमा पनि छापेमारी गरिसकेको छ।

आधिकारिक स्रोतका अनुसार बिहीबार भएको खोजतलासको अवधिमा संदिग्धहरूका परिसरहरूबाट विभिन्न आपत्तिजनक कागजपत्र र इलेक्ट्रनिक उपकरण जफ गरिएको छ। मामिलामा अघिल्लो जाँच जारी छ। छापामारी पूरा भएपछि मात्र विस्तारपूर्वक विवरण साझा गरिनेछ। एनआईएले गए बुधबार पनि पुलवामा लिथपोरामा सीआरपीएफ शिविरमाथि भएको आक्रमणको सिलसिलामा जैश तथा हिज्बसित सम्बन्धित तीन आरोपीहरूको सम्पत्ति कुर्की गरेको थियो। यसपूर्व मङ्गलबार जम्मू-कश्मीरका १६ स्थानहरूमा छापामारी गरिएको थियो। यो कारबाही विभिन्न आतंकवादी क्याडर, हाइब्रिड आतंकवादी तथा ओभरग्राउण्ड वर्कर्स (ओजीडब्ल्यू)-को परिसरमा गरियो जो नवगठित आतंकवादी संगठन अनि केही प्रमुख प्रतिबन्धित पाक समर्थित आतंकवादी संगठनहरूसित सम्बन्धित थिए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement