कोलकाता: बुधबार अबेर राति बर्दवान जिल्लाको शक्तिगढ़ स्टेशनमा एउटा लोकल ट्रेन र मालगाड़ी ठोकिॅंदा लोकल ट्रेनको एउटा बगी पल्टियो। भाग्यवश उक्त बगी ड्राइभरको क्याबिन थियो र त्यसमा धेरै यात्रीहरू थिएनन्। यस कारण कसैलाई चोटपटक लागेन। लोकल ट्रेनका अन्य बगीहरू रेलवे ट्रयाकमै थिए जसकारण सबैको ज्यान जोगियो। रेलवेले यस विषयमा अहिलेसम्म कुनै प्रकारको प्रतिक्रिया दिएको छैन। तर, यस घटनाका कारण हावड़ा-बर्दवान मेन र कर्ड लाइनमा ट्रेनहरूको आवागमन प्रभावित बनेको बताएको छ। बर्दवानदेखि हावड़ा गइरहेको लोकल ट्रेन शक्तिगढ स्टेशन छेउ मालगाड़ीसॅंग ठोकिएको हो।
स्रोतत्रहरू अनुसार, डाइभर्सनको समय दुईवटै गाड़ी एउटै ट्र्याकमा आएको थियो। समयछॅंदा नै दुवै ट्रेनका चालकहरूले ब्रेक लगाए, तर निकै ढिलो भइसकेको थियो। दुर्घटनाका कारण ट्रेनहरूको आवागमन बाधित बनेपछि यात्रीहरूले निकै समस्या झेल्नु परिरहेको बताइएको छ। -हिस