च्याम्पियन्स लीगः फाइनलको नजिक पुग्यो इण्टर मिलान

IMG-20230511-WA0122.jpg

११ मईः यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा इण्टर मिलानले फाइनल खेल्ने सम्भावनालाई मजबूत बनायो। यूरोपेली क्लब फूटबलको यस प्रतिष्ठित प्रतियोगिताको सेमिफाइनल राउण्डअन्तर्गत बुधवार राति खेलिएको पहिलो लेगको म्याचमा इण्टर मिलानले एसी मिलानलाई २-०-ले पराजित गऱ्यो। इटलीको दुई अग्रणी टीमबीच भएको यस मिलान डर्बी-मा जीतको साथ इण्टर फाइनलको नजिक पुग्यो कारण दोस्रो लेगको म्याच उनीहरूको होम ग्राउण्डमा खेलिनेछ। आफ्नो होम ग्राउण्ड सान सिरोमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने एसी मिलानले म्याचको दुवै गोल शुरुमै खायो। म्याचमा शुरुदेखि नै आक्रामक फूटबल खेल्ने इण्टर मिलानलाई एडिन ड्जेकोले आठौं मिनटमै बढ़त दिलाए। म्याचमा बढ़त हासिल गरेपछि इण्टरले त्यसलाई दोब्बर पार्न पनि अधिक समय लगाएन। हेनरिख खितरयानले ११औं मिनटमा अझ एक गोल गरी इण्टरलाई २-०-ले अघि पारे।

म्याचको रहल समयमा इण्टरले जीतको अन्तरलाई अझ ठूलो गर्ने एकाधिक मौका पाएको थियो तर टीमले त्यसको फाइदा उठाउन सकेन। पहिलो लेगमा जीतको साथै इण्टरले १३ सालपछि च्याम्पियन्स लीगको फाइनलमा स्थान बनाउने दिशामा कदम बढ़ायो। इण्टरले १३ सालअघि खिताब जितेको थियो। यसको विपरीत १७ मईमा खेलिने रिटर्न लेगमा एसी मिलानको टीम चाहिँ चरम दबाउमा रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement