प्रतिष्ठित धनकुटा गोल्ड कपमा खेल्न केएफसीको टीम नेपाल प्रस्थान

IMG-20230511-WA0117.jpg

११ मईः पूर्वी नेपालको प्रतिष्ठित फूटबल टुर्नामेण्ट धनकुटा गोल्ड कप (१५औं शहीद भिमनारायण गोल्ड कप) खेल्न कञ्चनजंघा फूटबल क्लब (केएफसी), सिलगढ़ीको टीमले आज धनकुटा प्रस्थान गऱ्यो । टीमका मुख्य प्रशिक्षक दिनकर छेत्री तथा दुईजना सहायक प्रशिक्षक सञ्जय छेत्री र रोल्याण्ड सुब्बाको मार्गदर्शनमा रहेको केएफसी टीमले चारैतिर असल प्रदर्शन गरेकै कारण धनकुटा गोल्ड कपमा पनि निमन्त्रणा पाएको छ। 

टुर्नामेण्टमा शुक्रवार केएफसी-को  प्लानिङ बोइज क्लब, काठमाडौंसँग म्याच रहेको छ। यसको साथमा केएफसी-ले एआईएफएफ-मा रेजिस्टर्ड फूटबल टुर्नामेण्ट गरिमोत्सव-मा पनि प्रवेश पाएको छ र यो महिनाको अन्तमा टीम पौरी गड़वाल जाने छ। यो टुर्नामेण्ट ४ जूनदेखि शुरु हुनेछ। 

उक्त टुर्नामेण्टमा भारत मात्र नभएर विदेशका नामी-दामी टीमहरूले अंशग्रहण गर्नेछ भनी केएफसी-का कार्यकारी अध्यक्ष सुरेन  प्रधानद्वारा जारी मीडिया विज्ञप्तिमा जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement