चारधाम यात्राः अहिलेसम्म ६.३१ लाखभन्दा धेरै श्रद्धालुले गरे यात्रा

00-1-Chardham

देहरादून: उत्तराखण्डमा चार धाम यात्रामा धेरै सङ्ख्यामा श्रद्धालुहरूको आगमन पर्यटन विभाग र सरकारको निम्ति राम्रो संकेत मानिन्दैछ। अहिलेसम्म ६ लाख ३१ हजारभन्दा धेरै यात्रीहरूले दर्शन गरिसकेका छन्। २ लाख २१ हजारभन्दा धेरैले केदारनाथ धामको दर्शन गरिसकेका छन्। पर्यटन विभागअनुसार, २२ अप्रेलदेखि १० मई राति ८ बजेसम्म केदारनाथ, बद्रीनाथ, गंगोत्री र यमुनोत्री धाममा अहिलेसम्म कूल ६ लाख ३१ हजार ५९१ तीथयात्रीले दर्शन गरिसकेका छन्। यसमध्ये केदारनाथ धाममा २ लाख २१ हजार ८०७, बद्रीनाथमा १ लाख ५० ५० हजार ८५६, गंगोत्रीमा १ लाख ३६ हजार ९६१ र यमुनोत्री धाममा १ लाख २१ हजार ९६८ श्रद्धालुले मन्दिरमा दर्शन गरिसकेका छन्। चारधामको निम्ति अहिलेसम्म २७ लाख २१ हजार ३२५ जनाले पञ्जीकरण गराएका छन्। केदारनाथसहित चार धामको निम्ति ११ मईदेखि १६ मईसम्म कूल ३ लाख ९१ हजार १  जनाले पञ्जीकरण गराएका छन्। मौसमलाई ध्यानमा राख्दै १५ मईसम्म केदारनाथ धामको यात्राको निम्ति पञ्जीकरणमा रोक लगाइएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement