कोलकाता: बङ्गालको खाड़ीमा बनेको चक्रवात तूफान मोचा बिस्तारै तटीय क्षेत्रतिर अग्रसर बन्न थालेको छ। बिहीबार मौसम विभागले जारी गरेको बयानअनुसार, मोचाको पश्चिम बङ्गालमा धेरै प्रभाव पर्ने छैन। राज्यमा तापक्रममा लगातार वृद्धि भइरहेको छ। बिहान रेकर्ड गरिएको तापक्रम न्यूनतम २९.२ डिग्री सेल्सियस रहेको छ जुन सामान्यभन्दा दुई डिग्री धेरै हो। यसरी नै अधिकतम तापक्रम ३८.७ डिग्री सेल्सियस रेकर्ड गरियो जुन सामान्यभन्दा तीन डिग्री धेरै हो। आज तापक्रम २८ देखि २९ डिग्रीबीच रहनेछ, जस कारण गर्मी महसूस हुनेछ। मौसम विभागअनुसार, मोचा अहिले पोर्ट ब्लेयरदेखि ५१० किलोमिटर पश्चिम दक्षिण पश्चिममा स्थित छ। मोचा बङ्गलादेशको कक्स बजारदेखि १२१० किलोमिटर र म्यान्मारको सितवेदेखि ११२० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ। आज राति भीषण चक्रवातमा परिवर्तित हुनेछ र मूल्यरूपमा बङ्गलादेश र म्यान्मारका तटीय क्षेत्रहरूतिर अगाडि बढ्नेछ। यस कारण भारतीय राज्यहरू पश्चिम बङ्गाल, आन्ध्र प्रदेश र ओडिशामा यसको धेरै प्रभाव पर्ने छैन। तर, यसको प्रभावका कारण तीव्र हावा-पानी पनि आउने सम्भावना व्यक्त गरिएको छ। -हिस