तादोङमा कृषि व्यवस्थापनमाथि वार्षिक समीक्षा सभा

IMG-20230511-WA0016.jpg

गान्तोक। सिक्किम सरकारको कृषि विभागअन्तर्गत राज्य कृषि व्यवस्थापन विस्तार र प्रशिक्षण संस्थानले तादोङको प्रशिक्षण हलमा वार्षिक समीक्षा बैठक आयोजित गर्‍यो। उक्त कार्यक्रमको अध्यक्षता कृषि सचिव जिग्मी दोर्जी भोटियाले गरेको थियो। बैठकमा स्वागत गर्दै निर्देशक रचना गुरुङले पावर प्वाइन्ट प्रेजेन्टेशन मार्ङ्गत विभिन्न गतिविधिको विस्तृत जानकारी राखेकी थिइन्‌। उनले जिल्ला एटीएमएसँगको समन्वयमा राज्यका किसानहरूलाई कसरी सेवा प्रदान गरिन्छ सोबारे पनि प्रकाश पारिन्‌। उनले समितिको केहि प्रमुख कार्यक्रमहरू क्षेत्र कार्यकर्ताहरूलाई प्रशिक्षण, राज्य बाहिरका आगन्तुकहरू र विद्यार्थीहरूलाई प्रशिक्षण, राज्य बाहिरका क्षेत्रीय अधिकारीहरूको लागि प्रशिक्षण र कार्यशालाहरू र शैक्षिक भ्रमणहरूमा प्रकाश पारिन्‌। विभिन्न जिल्लाबाट आएका अधिकारीहरुले गत आर्थिक वर्षमा भएका भौतिक तथा आर्थिक प्रतिवेदन तथा गतिविधि प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै कृषि सचिव डा. जिग्मी दोर्जी भोटियाले जिल्ला एटीएमएले कृषि क्षेत्रको प्रवद्र्‌धनमा गरेको गतिविधिप्रति खुसी व्यक्त गरे। उनले विभागमा दक्ष अधिकारीहरू उपलब्ध भएकाले अब क्षेत्रीय स्तरमा पनि त्यसको कार्य हुनुपर्ने बताए। उनले कृषिलाई अर्को तहमा प्रवर्द्धन गर्न सहभागीहरुलाई आग्रह गरे। उनले बीटीएम र एटीएमहरूलाई पहिलो दिनदेखि आफ्नो उत्पादनको बजारीकरण गर्दै गरिब किसानहरूलाई सहयोग गर्न आग्रह गरे। उनले आम्दानी र उत्पादन वृद्धिका हिसाबले सङ्गल कृषकको सङ्ख्याको सही तथ्याम राख्न पनि आग्रह गरे। राज्य नोडल अधिकारीले पनि जिल्ला एटीएमएले देखाएको प्रस्तुतिमा खुसी व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement