मन्त्री शेर्पाद्वारा महात्मा गान्धी विश्वविद्यालयको निरीक्षण

IMG-20230511-WA0010.jpg

गान्तोक। दरमदिन निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री एमएन शेर्पाले दरामदिनमा सञ्चालन हुने महात्मा गान्धी विश्वविद्यालयको निरीक्षण भ्रमण गरे। स्मरणरहोस्, वर्तमानमा मुख्यमन्त्री प्रेमसिंह तामाङले महात्मा गान्धी विश्वविद्यालय दरामदिनमा हुने घोषण गरेका थिए। विश्वविद्यालय निर्माणका लागि जमीन उपलब्ध भए पनि विश्वविद्यालय निर्माण नहुदासम्म दरामदिन स्कूलको पुरानो भवनमा सञ्चालन गर्ने भएकोले भवनको मर्मतकार्य भइरहेको छ भने यसै विषयलाई लिएर महात्मा गान्धी विश्वविद्यालयका पदाधिकारीसँग मन्त्रीले भ्रमण गरेका छन्। मन्त्री शेर्पाले पदाधिकारीसँग कुराकानी गर्दै राम्रोसँग सबै काम यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए।विश्वविद्यालयलाई छिटोभन्दा छिटो सञ्चालनमा आउने मन्त्रीले बताएका छन्। मन्त्रीसँग विश्वविद्यालयका पदाधिकारीगण, सीएलसी अध्यक्ष, उपाध्यक्ष, सचिव पुर्व जिल्ला पञ्चायत, पञ्चायत सदस्यगण लगायत कर्याकर्ताहरुको उपस्थिति थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *