आईपीएल २०२३: प्लेअफ्-को नजिक पुग्यो चेन्नई सुपर किंग्स

IMG-20230511-WA0003.jpg

१० मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ५५औं म्याचमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गऱ्यो। यस जीतको साथै चारपल्टको च्याम्पियन चेन्नई सुपर किंग्स पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो। एमएस धोनीको कप्तानीमा रहने टीमसँग अहिले १२ वटा म्याचमा १५ पोइण्ट्स रहेको छ। यसरी दिल्ली क्यापिटल्स चाहिँ अझ एउटा हारको साथ ११ वटा म्याचमा ८ पोइण्ट्स लिएर दशौं स्थानमा रहन पुग्यो। चेन्नईको एमए चिदाम्बरम स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै धोनीको टीमले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनायो। चेन्नई सुपर किंग्सबाट शिवम दुबेले सर्वाधिक २५ रन बनाए। यसबाहेक ओपनर रुतुराज गायकवाड़ले २४, अम्बाती रायुडुले २३, अजिंक्य रहाणेले २१, रविन्द्र जडेजाले २१ र कप्तान धोनीले २ वटा छक्का र एउटा चौकाको साथ ९ बलमा २० रन बनाए। दिल्लीका बलरहरूमा अक्षर पटेलले सर्वाधिक २ विकेट लिए। जवाफमा दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो। कप्तान डेविड वार्नर पहिलो ओभरमै खाता नखोली आउट भएपछि दिल्लीको टीमले आत्मसमर्पण गऱ्यो। राइली रुसोले सर्वाधिक ३५ रन बनाए। यसबाहेक मनीष पाण्डेले २७ र अक्षर पटेलले २१ रनको योगदान दिए। चेन्नईका बलरहरूमा मथीशा पाथीरानाले सर्वाधिक ३ विकेट लिए। यसबाहेक दीपक चाहरले वार्नर र फिल सल्ट (१७) को महत्त्वपूर्ण विकेट हासिल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *