नेपालका पूर्व गृहमन्त्री खाँड प्रहरी हिरासतमा

aa1b9177-54a7-438b-a575-ed71c14203bf-1

काठमाण्डौंः नेपालका पूर्वगृहमन्त्री बालकृष्ण खाँड प्रहरी हिरासतमा राखिएका छन्। उनलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमती लिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज बुधवार विहानै काठमाडौंस्थित निवासबाट पक्राउ गरी खाँडमाथि अनुसन्धान बढाएको हो।

खाँड पक्राउ परेपछि बसेको शीर्ष नेताको बैठकमा यसबारे पनि छलफल भएको खुलेको छ। बैठकपछि प्रधानमन्त्री प्रचण्डले दोषी नछुट्ने गरी प्रहरीलाई काम गर्न दिने सहमति भएको जानकारी दिए। बैठकमा प्रचण्डका अलावा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।

खाँड नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्। उनी काँग्रेस सभापति शेरबहादुर देउवाका निकटस्थ हुन्। करोडौं ठगी सम्बन्धी नक्कली भुटानी शरणार्थी प्रकरण अहिले नेपालमा सबैभन्दा चासो र चर्चाको विषय बनेको छ। यो प्रकरणमा प्रभावशाली नेता देखि सरकारका सचिव समेत पक्राउ परिसकेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *