सुकेपोखरीको जेष्ठ संस्था युवक संघको विशेष सभा

00-1-IMG-20230510-WA0256

सुकेपोखरी: सुकेपोखरीको जेष्ठ संस्था युवक संघको विशेष सभा संघको सभापति बी बी मुखिया अलङ्कारको सभापतित्व सम्पन्न गरियो। पूर्व मुलसचिव फुर्वाछिरिङ शेर्पाले संचालन गरेको सभामा मुल सचिव रमेश राईले संध कार्य अनि हालसम्म रिपोर्ट, सार्वजनिक भवनको आय व्यय विवरण सभामा प्रस्तुत गरे, कोषाध्यक्ष महेन्द्र सेन्चुरीले संघको आय व्ययको रिपोर्ट राखे पश्चात सभापति मुखियाले आफ्नो सम्बोधन राखे पछि पुरानो कार्यकारिणी समिति विघटन भएको घोषणा गरे। नयाँ समिति गठन गर्न अनि आउँदो चुनावी सभा सम्पन्न गर्न सातजाना सदस्यको तदर्थ समिति गठन गरियो, जसमा पूर्व मूलसचिव फुर्वाछिरिङ शेर्पा संयोजक, सदस्य बच्चु प्रसाद, निमा छिरिङ भोटिया, निमा भोटिया, पुनम प्रधान, चन्द्र मुखिया अनि महेन्द्र सेन्चुरीलाई चयन गरियो। संघको भावी कार्यक्रम अनि नयाँ कार्यकारणी समिति गठनलगायत अन्य सामाजिक, सगाठानिक अनि कल्याणकारी कार्य गर्ने जिम्मेवारी तदर्थ समितिलाई सभामा उपस्थित सदस्यहरुले सर्वसम्मत प्रस्ताव पारित गरेर सुम्पिएको जानकारी संयोजक शेर्पाले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *