एसयूका विद्यार्थीको माग पुरा गर्न प्रबन्धन पक्ष राजी

IMG-20230511-WA0012.jpg

गान्तोकः सिक्किम विश्वविद्यालय एसयूमा विभिन्न समस्याको समाधान नभएको भन्दै विद्यार्थीले गरेको विरोधपछि विश्वविद्यालय प्रबन्धन पक्ष विद्यार्थीका माग पुरा गर्न राजी भएको छ। जानकारीअनुसार विद्यार्थीले विश्वविद्यालय समक्ष कूल १५ वटा माग राखेका थिए जसलाई क्रमलै पुरा गर्ने प्रबन्धन पक्षले सहमति दिएको छ। विद्यार्थीका माग मध्ये विश्वविद्यालको पुस्तकालय परिसरमा नै क्यान्टिन सञ्चालन हुनुपर्छ भन्ने माग प्रबन्धन पक्षले स्वीकार गरेको छ। आइतवार पुस्तकालय खुल्ला रहनुपर्छ, शनिवार र आइतवार स्वास्थ्य केन्द्र सञ्चालनमा रहनुपर्ने र याङगाङको क्याम्पासमा जेरक्स मशिन जडान गर्ने विषयलाई आज नै अधिसूचित गरिने बताइएको छ।

सोधार्थीका लागि गेस्ट फेकल्टी उपलब्ध गराउनुपर्ने विषयमा विश्वविद्यालयले पीएचडी स्कलरहरूसँग परामर्श गरेर समीक्षा गर्ने बताएको छ भने विद्यार्थी अन्य माग पनि क्रमैले पुरा हुने बताइएको छ। जानकारी गराइन्छ, धेरै अघिदेखि विश्वविद्यालय समक्ष राखिएका माग पुरा नगरिएको भन्दै आज विद्यार्थीहरूले विश्वविद्यालयको प्रशासनिक ब्लक अघि विरोध प्रदर्शन गरेका थिए। यो स्थिति सिर्जना भएपछि उपकुलपति प्रो. अविनाश खरेको हस्तक्षेपमा विद्यार्थीका माग बारे सुनवाइको पहल भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *