वामपन्थी नेताको आत्महत्या मामिला, आरोपित तृणमूल पार्षदद्वारा आत्मसमर्पण

IMG-20230408-WA0112.jpg

जलपाइगढ़ीः वामपन्थी नेताले आफ्नो पतिसॅंग आत्महत्या गरेको मामिलामा मुख्य आरोपी वार्ड नम्बर-१४ का तृणमूल पार्षद सन्दीप घोषले बुधवार जलपाइगढ़ी थानामा आत्मसमर्पण गरेको छ। एक महिनाभन्दा अधिक समयदेखि सन्दीप घोष फरार थिए। जलपाइगढ़ी नगर परिषदका उपाध्यक्ष एवं तृणमूल युवा कङ्ग्रेसका जलपाइगढ़ी जिल्लाध्यक्ष सैकत चटर्जीको पनि यसमा नाम सामेल छ। जसको अग्रिम जमानत अर्जी कोर्टमा लम्बित छ।

उल्लेख्य, जलपाइगढ़ी नगरपालिकाका पूर्व भाइस चेयरपर्सन अपर्णा भट्टाचार्य र उनका पति सुबोध भट्टाचार्यको शव 01 अप्रेलको दिन तिनको घरबाट उद्धार गरिएको थियो। घरबाट सुसाइड नोट पनि उद्धार गरिएको थियो। जसमा सैकत एवं सन्दीप समेत चारजनाको नाम लेखिएको थियो। सुसाइड नोटमा दम्पतीले आरोपितमाथि ना-ना थरीको दबाउ बनाएको आरोप लगाएका थिए, जसकारण उनीहरू आत्महत्या गर्न बाध्य बने। सुबोधकी बहिनी एवं भाजपा विधायक शिखा चटर्जीले सुसाइड नोटको आधारमा पुलिसमा शिकायत दर्ता गराएकी थिइन्। सन्दीपले आत्मसमर्पण गरेपछि पुलिसले उसलाई पक्राउ गरेको छ। पुलिस अघिको कारबाहीमा जुटेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement