खरसाङ: खरसाङको लंगभ्यु चियाबारी अन्तगर्त गोदामधुरामा सम्पन्न भइरहेको श्री भगवत महापुरण एंव तारा देवी डोल्मो पूजाको नवौं दिन जीटीए प्रमुख कार्यपाल अनित थापाको विशेष उपस्थिति रहेको थियो।

आज भगवात महापुरणको नवौं दिन जीटीए प्रमुख कार्यपाल अनित थापालाई गोदामधुरा ग्राम सुधार समितिको पक्षबाट सम्मान जनाउँदै स्मृति चिन्ह प्रदान गरियो। आजको भगवत महापुरणको भ्रमण अवधिमा पंखाबारी लंगभ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाईली साथै खरसाङ महुकमा समिति युवा शक्ति सभापति पेबेन्द्र गुरूङको बिशेष उपस्थिति रहेको थियो भनी, भागोप्रमो लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका प्रचार प्रसार सचिव जिनोद परियारले जानकारी गराएका छन्।