खरसाङ: भारतीय गोर्खा परिसंघ खरसाङको सभा सम्पन्न भएको छ। सभामा भागोप खरसाङ क्षेत्रीय समितिले आगामी १४ मईको दिन खरसाङमा सांगठनिक कार्यशालाको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमलाई सफल बनाउन सर सल्लाहक लागि खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सभा सम्पन्न भएको छ। सभामा भागोप खरसाङको उपाध्यक्ष डीके राई, सचिव तारा छेत्री, कोषाध्यक्षा सरोजनी देवान, राष्ट्रिय सह कोषाध्यक्षा देविका मंग्राती राई, भागोप दिलराम शाखाको अध्यक्षा विष्णु ठकुरी, उपाध्यक्ष श्यामा राई, खरसाङका सल्लाहकार लक्ष्मण शर्मा, ग्याल्पो लामा, आशा चामलिङ, द्वारिका बराईली, सह सचिव मिना लामा राई, सुरेन कटुवाल आदिको उपस्थिति रहेको थियो। खरसाङ भागोपले दिलराम, मामरिङ, तोरयोक, घैयाबारी अनि तीनधारेको संयुक्त आयोजनामा यो कार्यशालाको आयोजना गरिरहेको सभामा बताइएको छ। सभामा भागोप खरसाङको सबै पदाधिकारीहरू, आजीवन सदस्यहरू, साधारण सदस्यहरूलाई उपस्थितिक लागि आह्वान् गरिएको छ। खरसाङमा हुने कार्यशालामा भागोप राष्ट्रिय पदाधिकारीवर्ग दिल्ली, आसाम, सिलगढी, दार्जिलिङबाट आउने भएको छ। उक्त कार्यशालामा भागोपको सांगठनिक गतिविधिहरू, उपलब्धिहरू, सांगठनिक ढाँचाहरू, भावी योजनाहरू विषयमा र भागोपको सदस्यता किन लिन आवश्यक छ भनी चर्चा परिचर्चा गरिने भएको छ। उक्त कार्यशालामा अन्तर्क्रिया पनि गरिने भएको छ भने भागोप एक अराजनैतिक दल रहेको र भागोपले जाति, देश, भाषा र संस्कृति विषयमा कार्यहरू गर्दै आईरहेको बताइने भएको छ। उक्त कार्यशाला सफल बनाउन सबै लागि पर्ने आह्वान् भागोप खरसाङ क्षेत्रीय समितिले गरेका छन् भनी भागोप खरसाङ क्षेत्रीय समितिको सभापति सहदेव चामलिङले बताएका छन्।